महोत्तरी ३ : हिसाब राफसाफ गर्ने मूडमा छन् मतदाता

570 SHARE:

२१ कात्तिक, जलेश्वर (महोत्तरी) । गाउँमा नौला मान्छे देखेपछि उनलाई लाग्यो होला, कसैले गाउँमा विकासको प्रोजेक्ट बोकेर आयो । सम्भवतः त्यसैले उनी हामीलाई उनको घरसम्म डोहोर्‍याउन हत्तपत्तिइन् । उनको पछि लाग्दै गर्दा पिपरा गाउँपालिका ५ सहोडवाकी कि ७० वर्षीया कलावती राउतलाई हामीले सोधेका थियौं, पछिल्लो पाँच वर्षमा गाउँमा केके काम भयो ?

आक्रोश मिश्रित भावमा राउतले भनिन्, ‘किछ नै भेल ।’

केही भएको छैन भनेर देखाउनै त हो नि राउतले हामीलाई उनको घरसम्म निम्ता दिएको । ‘यी हेर्नुस् त, हाम्रो टोलको बाटो । फोटो खिच्नुस्…यो पानी जमेको खाल्डोमा मेरो वृद्ध पति २–३ पटक लड्नुभयो । बिरामी हुनुहुन्छ,’ राउत रिस पोख्छिन्, ‘जितेर गएका नेताले सडक बनाइदिएनन् । अब जसले बाटो बनाउँछ, उसलाई भोट हाल्छु । हाम्रो घरमा पनि पाँच भोट त छ नि !’

कलावती जोड–जोडले कराउन थालेपछि छरछिमेकी पनि उनकै घर अघिल्तिर जम्मा भइहाले । जम्मै स्थानीय बासिन्दाले अघि पाँच वर्षमा आफूले चुनाव जिताएर पठाएका नेताहरुले के काम गरेका छन् भनेर हिसाब गरेका रहेछन् ।

स्थानीय मोहमम्द कसिम राइनले त्यही हिसाब सम्झिए । ‘अघिल्लो चुनावमा महन्थ ठाकुरलाई मत हालेँ, ठूलो मतअन्तरले जितायौं,’ उनले भने, ‘गाउँ नजिकैको दुर्गा मन्दिरमा ठूलो बजेट दिए । तर हाम्रो टोलको बाटोघाटोको समस्यामा कसैले मतलब राखेनन् । अब जसले हाम्रो समस्या पहिला समाधान गर्छ, उसैलाई मत दिन्छु ।’

राइनले यति के भन्दै थिए सबैले सही थापे, ‘हो हो, पहिले ढल बनाइदिन पर्‍यो, बाटो बनाइदिन पर्‍यो । अनि बल्ल भोट हाल्छौं ।’ त्यही बीचबाट अर्काे आवाज सुनियो, ‘पहिले मलाई भोट दिएर जिताउनुस्, अनि बल्ल सबै कुरा बनाइदिन्छु भन्लान् नि !’

राइनलाई त्यो पनि चित्त बुझ्यो, चिन्ता पनि लाग्यो सायद । चिन्ता मिश्रित भावमा उनले भने, ‘त्यो पनि हो, हामीभन्दा उनीहरु नै बाठा छन् ।’ भौगोलिक सुगमताका हिसाबले हेर्ने हो भने यो टोल राजमार्गसँगै जोडिएको छ । तर पूर्वाधारको आधारमा दुर्गम कोटामा राखे पनि खास फरक पर्दैन । फरक त आजसम्म ती नेताहरुलाई पनि परेन, जसले जनतालाई सपना देखाएर मत लिए, अनि बिर्सिए । अब चाहिँ जनताले सबै हिसाब राफसाफ गर्ने मुडमा छन् । समस्या त्यतिमात्रै हो कि, उनीहरुका लागि चुनावी स्पर्धामा उभिएका दलहरु परीक्षित छन्, जनतासँग अब भोट त छ, तर अपेक्षा छैन ।

जलेश्वर नगरपालिका १२ थरुवाहीका सन्तोष मण्डल वितेको पाँच वर्षमा अलिअलि बाटो बन्ने बाहेक अरु विकास नभएको बताउँछन् । थरुवाही चोकमा सानो पसल थापेर बसेका मण्डल गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव रहेको बताउँछन् । नेताहरुको पारा देखेर पनि होला उनलाई कताकता यसपाली त स्वतन्त्रले पो काम गर्छन् कि जस्तो लागेको छ । भन्छन्, ‘सबैलाई देखियो, यसपाली नयाँ राम्रो दल या स्वतन्त्र उम्मेदवारलाई भोट हाल्छु ।’

दिक्दारीको मात्रा एकडारा गाउँपालिका–३ अजमरपट्टीका जोगेन्द्र मण्डलको पनि कम छैन । उनको बुझाइमा चुनाव जितेर गएपछि नेताहरुको पहिलो प्राथमिकता आफू र आफ्ना नातागोता पर्छ । ‘जनताको समस्या हेर्दैनन् । आफू र आफ्ना नातागोतालाई मात्र हेर्छन् । कमिसन खाएर कमसल काम गर्छन्,’ उनले अनलाइनखबरसँग भने, ‘जीवनमा धेरैपटक मत खसालें, तर मतको कदर कहिल्यै भएन । आफ्नो जिन्दगी सकिन लागिसक्यो, नेताहरु उस्तै छन् ।’

२०७४ निर्वाचनको पृष्ठभूमि र आगामी निर्वाचनका उम्मेदवार

मधेश आन्दोलनको रापताप कायमै रहेको २०७४ को चुनावमा यो क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर अत्यधिक मत ल्याएर निर्वाचित भएका थिए ।

तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालिन संघीय समाजवादी फोरमले मधेसी गठबन्धन बनाएको थियो । कांग्रेसले बजरंग नेपालीको उम्मेदवारी फिर्ता गरेर ठाकुरलाई नै समर्थन गरेको थियो र ठाकुर १८ हजार १६९ मतको फराकिलो अन्तरले विजयी भएका थिए ।

ठाकुरले २६ हजार ८४५ मत ल्याएर निर्वाचित हुँदा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका विजय चौधरी मात्र ८ हजार ६७६ मतमा सीमित भएका थिए भने स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले ४ हजार २० मत पाएका थिए ।

यसपटक १० जना दलीय र एमालेका बागी रामआधार कापरसहित १२ जना स्वतन्त्र उम्मेदवार छन् । लोसपा अध्यक्ष ठाकुरका लागि अघिल्लो निर्वाचनमा सघाएका तत्कालिन फोरम र अहिलेको जसपाको उम्मेदवार हरिनारायण यादव नै मुख्य प्रतिस्पर्धी छन् ।

महन्थ ठाकुर र हरिनारायण यादव

ठाकुरलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी र एकीकृत समाजवादीको साथ छ भने हरिनारायणलाई एमालेको साथ छ । एमालेबाट विद्रोह गरेका रामआधार कापर पनि चुनावी मैदानमा छन् भने लामो समय ठाकुरसँग रहेका वृषेशचन्द्र लाल पनि तमलोपा गठन गरेर यही क्षेत्रमा उम्मेदवार बनेका छन् ।

महोत्तरी क्षेत्र नं. ३ मा २०७४ को निर्वाचनमा महन्थ ठाकुरसँगै दुबै प्रदेशसभा क्षेत्रमा राजपाकै (१)बाट अभिराम शर्मा र (२)बाट रानी शर्मा तिवारी निर्वाचित भएका थिए । दुबैजना लोसपाबाटै दुवै क्षेत्रमा प्रत्यक्षबाट उम्मेदवार छन् ।

विपक्षी गठबन्धनले (१) मा जसपाबाट मधेश सरकारका निवर्तमान मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा र (ख)मा एमालेका रामदयाल मण्डल उम्मेदवार छन् ।

चनावी अंकगणित

महोत्तरी क्षेत्र नं. ३ अन्तर्गत जलेश्वर, मटिहानी र मनरासिश्वा नगरपालिका तथा एकडारा र पिपरा गाउँपालिकाको गरी कूल ३५ वटा वडा पर्छन् । जलेश्वरका १२ वटै वडा, मटिहानीका ९ वटा, एकडारा गाउँपालिकाको वडा नं. ६ बाहेक ५ वटा, पिपरा गाउँपालिकाको वडा नं. ६ बाहेक ६ वटा र मनरा सिश्वाको वडा नं. ८, ९ र १० गरी ३ वटा वडा यो क्षेत्रमा पर्छन् ।

मधेश आन्दोलनको सेन्टिमेन्टमा ठाकुर नेतृत्वको तत्कालीन राजपाले २०७४ को स्थानीय निर्वाचनमा पाँचै पालिका एक्लै जितेको थियो । तर गत स्थानीय निर्वाचनमा लोसपाले मटिहानी नगरपालिका बाहेक सबै गुमाएको छ । अन्य चारवटै पालिकाको नेतृत्व मुख्य प्रतिस्पर्धी जसपाको हातमा छ ।

स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत परिणाम हेर्ने हो भने जसपा पहिलो दल छ । लोसपा दोस्रो, एमाले तेश्रो, कांग्रेस चौथो र माओवादी पाँचौ दलको हैसियतमा देखिन्छन् ।

जसपा १४ हजार ३५७, लोसपा १२ हजार ७३५, एमाले १० हजार ८२०, कांग्रेस ९ हजार ४३, माओवादी ५ हजार १९५, जनमत २ हजार ६६३, एकीकृत २ हजार ५७० र स्वतन्त्रहरुले ३ हजार १४४ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा छ ।


neelambads

Hitler DC Tato Bahas- हिटलर डिसी तातो बहस

Name

ad,1,article,8,bizarre,8,business,12,entertainment,7,international,12,main news,49,news,767,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: महोत्तरी ३ : हिसाब राफसाफ गर्ने मूडमा छन् मतदाता
महोत्तरी ३ : हिसाब राफसाफ गर्ने मूडमा छन् मतदाता
https://www.onlinekhabar.com/wp-content/uploads/2022/11/Mahottari-3-Gravel_Road_.jpg
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/11/blog-post_7.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/11/blog-post_7.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy