पर्साको ठोरीमा स्नातक तह सञ्चालनको तयारी

570 SHARE:

१८ कात्तिक, वीरगञ्ज । पर्साको ठोरीमा स्नातक तहको अध्ययन हुने भएको छ । सदरमुकाम वीरगञ्जबाट ६० किलोमिटर टाढा रहेको ठोरीमा स्नातक तहको पढाइ सुरु गर्न लागिएको हो ।

१४ वटा पालिका रहेको पर्सामा हालसम्म वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिकामा मात्रै स्नातक तहको अध्यापन हुने गरेको छ ।

विजयबस्तीमा स्नातक तह अध्यापन अनुमतिका लागि २०६९ सालदेखि पहल भइरहेको थियो । यसवर्ष त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र संकायमा कक्षा सञ्चालन गर्न सम्बन्धन दिएको छ ।

ठोरी गाउँपालिकाको विजयबस्तीमा कक्षा सञ्चालनको तयारी भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले आंगिक र सम्बन्धन प्राप्त सबै शैक्षिक संस्थालाई मंसिर १८ गतेदेखि स्नातक तहको अध्यापन सुरु गर्न निर्देशन दिइसकेको छ । त्रिविको सम्बन्धन पाएपछि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको विजयवस्ती क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।

विजयबस्ती क्याम्पसको भवन नभएकाले तत्कालका लागि विजयबस्ती माध्यमिक विद्यालयमा नै कक्षा सञ्चालन गरिने उनले बताए ।

‘विजयबस्ती क्याम्पसको स्वामित्वमा भवन लगायत भौतिक पूर्वाधार छैन, आफ्नै भवन नहुँदासम्म विद्यालय सञ्चालनमा बाधा नपर्नेगरि विजयबस्ती माविमा नै कक्षा सञ्चालन गर्छौं’, उनले भने ।

यसवर्ष शिक्षा शास्त्र संकाय अन्र्तगत अनिवार्य विषयहरु नेपाली, अंग्रेजी सहित स्वास्थ्य, जनसंख्या विषयका कक्षा सञ्चालन हुने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

व्यवस्थापन खर्च जुट्छ कसरी ?

स्नातक तहमा विद्यार्थी भर्ना गर्ने तयारी भएसँगै सञ्चालन खर्चको व्यवस्थापनलाई लिएर भने चिन्तन शुरु भएको छ । ग्रामीण क्षेत्रमा क्याम्पस सञ्चालन खर्च कसरी जुटाउने भनेर बहस सुरु भएको हो ।

कक्षा सञ्चालनका लागि वार्षिक २०/२१ लाख खर्च हुने अनुमान क्याम्पस प्रशासनले गरेको छ । प्राध्यापक व्यवस्थापन, उनीहरुको तलब भत्ता शीर्षकमा सबैभन्दा धेरै खर्च हुने क्याम्पस प्रमुख गोपिलाल श्रेष्ठ बताउँछन् ।

तत्कालका लागि क्याम्पसको आन्तरिक आम्दानी नै क्यापस सञ्चालनको आधार हुने उनको भनाइ छ । विद्यार्थीसँग भर्ना शुल्क ५ हजार र मासिक शुल्क १५०० रुपैयाँ लिने उनी बताउँछन् । यसवर्ष ५० जनासम्म विद्यार्थी भर्ना हुनसक्ने अनुमान गरिएको छ ।

जनशक्ति व्यवस्थापनका लागि ठोरीमा सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षकलाई प्राथमिकतामा राखिएको छ । सम्भव भएसम्म स्थानीय जनशक्तिमार्फत पठनपाठन गराउने क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीसँग लिने शुल्क तथा स्थानीय सरकारसँग समन्वय गरेर आर्थिक व्यवस्थापन गर्ने लक्ष्य राखिएको क्याम्पस सञ्चालनका लागि सक्रिय अभियन्ता सन्तोष श्रेष्ठले बताए ।

ठोरीको शैक्षिक इतिहासमा निकै महत्व राख्ने स्नातक तहको पढाइका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने श्रेष्ठको धारणा छ ।

क्याम्पस सञ्चालनका लागि तत्काल आवश्यक डेस्क, बेन्च, टेबल, दराज लगायत फर्नीचरका सामग्रीहरु ठोरी गाउँपालिका कार्यालयले उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षदेखि क्याम्पसका लागि पनि बजेट विनियोजन गर्ने ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए ।

क्याम्पस नहुँदा त्यस क्षेत्रका बासिन्दा सदरमुकाम वीरगञ्ज, चितवनको माडी, नारायणघाट, बाराको सिमरा, मकवानपुरको हटौंडा लगायतका सहरमा अध्यापनका लागि जानुपर्ने छ । खर्च गर्न नसक्ने अभिभावकले आफ्ना छोराछोरीको पढाइ बीचमै रोक्ने गरेका थिए ।

क्याम्पस सञ्चालनपछि ग्रामीण क्षेत्रमा रहेर उच्च शिक्षा प्राप्त गर्ने अवसरबाट बन्चित विद्यार्थीले लाभ लिनेछन् । ठोरी, जीराभवानी लगायत ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले लाभ लिन सक्ने स्थानीय शिक्षक माधव तिमल्सिनाले बताए ।

ठोरीमा मात्रै ५ ओटा विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ । यी विद्यालयहरुबाट १२ कक्षा उत्तीर्ण हुने कतिपय विद्यार्थी आर्थिक अभावकै कारण स्नातक तह अध्ययन गर्नबाट वञ्चित हुने गरेका छन् । ठोरी गाउँपालिकाले १२ कक्षासम्म निशुल्क पढाउने व्यवस्था गरेको छ । आर्थिक अभावले क्याम्पस जान नसक्ने विद्यार्थीका लागि विजयबस्ती क्याम्पसले राहत दिने शिक्षक तिमल्सिनाको भनाइ छ ।


neelambads

Hitler DC Tato Bahas- हिटलर डिसी तातो बहस

Name

ad,1,article,8,bizarre,8,business,12,entertainment,7,international,12,main news,49,news,767,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: पर्साको ठोरीमा स्नातक तह सञ्चालनको तयारी
पर्साको ठोरीमा स्नातक तह सञ्चालनको तयारी
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/11/blog-post_4.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/11/blog-post_4.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy