तिलावे पुलको उद्घाटन , अब आवागमन सहज हुने

570 SHARE:

मधेसखबर

वीरगन्ज,२८ साउन : वीरगन्ज ठोरी हुलाकी राजमार्गमा विगत ७ बर्ष देखि निर्माणाधीन तिलावे नदिको पुल शनिबार उद्घाटन गरिएको छ।

संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायातमन्त्री महम्मद इस्तियाक राइ र वन तथा वातावरण मन्त्री प्रदीप यादवले शनिबार तिलावे नदिमा नवनिर्मित पुलको उद्घाटन गरेका हुन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा सांसद हरिनारायण रौनियार, प्रदेश सभा सदस्य करिमा बेगम , जन्नत अन्सारी,वीरगन्ज माहनगरपालिकाका मेयर राजेशमान सिंह , जसपाला जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको पनि उपस्थिति रहेको थियो ।

पर्सा जिल्लाको  ग्रामीण भेगलाइ सदरमुकाम वीरगन्जसंग जोड्ने एक मात्र सडकमा रहेको तिलावे नदिमा ७ करोड ७१ लाख रुपैयाँको लागतमा १ सय मिटर लम्बाइ र ७ मिटर चौडाइको पुल ठेक्का सम्झौता भएको ७ वर्ष पछि निर्माण भइ शनिबार उद्घाटन गरिएको हो।

माथिको पुल ठेक्का लागेको ७ वर्ष पछि अहिले आएर बल्ल निर्माण सम्पन्न भएको हो ।

२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमै बनाउने गरी तिलावे खोला पुलको निर्माण कार्यको ठेक्का सकारेको थियो ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका अनुसार , सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो ।तर ठेक्का लागेको ७ वर्ष बिति सक्दा पनि विभिन्न कारण देखाउदै ठेकेदार कम्पनिले पटक पटक म्याद थप गराउदै आएको थियो ।

यसअघि अलपत्र परेको पुलको निर्माण कार्य , स्थानीय युवाहरुले पुल निर्माणस्थलमै १ महिना सम्म प्रदर्शन सहितको दबाब दिए पछि गत मंसिरबाट निर्माण कार्य सुचारु भएको थियो ।त्यस बेला ( गत मंसिर २९ गते ) जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको ठेकेदार सहितको सर्वपक्षिय बैठकले ७ महिना देखि अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य मंसिर १ गते देखि सुचारु गर्ने सहमति गरेको थियो ।

निर्माणको ठेक्का सम्झौता २०७३ सालमा भएपनि प्रक्रियागत, प्राविधक र आर्थिक समस्याका कारण पुल निर्माणमा तोकिएभन्दा बढी समय लाग्न पुगेको पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमीत रौनीयारले बताए । उनले ठेक्का लागेको १८ महिना पछि मात्रै पुलको नक्सा दिएकोले पनि निमर्माणमा समय लागेको बताए ।

शनिबार पुलको उद्घाटन गरिएको भएपनि पुलको एप्रोच सडक र नदीको तटबन्धको काम भने गरिएको छैन। अहिले पुलको ९० प्रतिशत काम सकिएको र बर्खा सकिए लगत्तै ती दुवै काम शुरु गरिने ठेकेदार रौनियारले बताए ।

अहिले बर्खामा एप्रोच सडक बनाउँदा भर्खरै हालिएको माटो भासिने र नदीमा पानी बढी भएकाले तटबन्धन गर्न नमिलेको उनले  बताए।

तिलावे नदिको पुरानो फलामे पुुल जीर्ण भइसकेको र साँघुरा पनि भएका कारण त्यहा हरेक दिन बिहान र साँझ घण्टौ सम्म ट्राफिक जाम लाग्ने गरेको थियो।

अब भने पुल सञ्चालनमा आएसँगै पर्साको ग्रामीण क्षेत्र देखि सदरमुकाम वीरगन्ज सम्मको  आवागमन सहज हुने भएको छ ।

The post तिलावे पुलको उद्घाटन , अब आवागमन सहज हुने appeared first on Madhes Khabar.



from Madhes Khabar https://ift.tt/u3JAgGf
via Source link
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: तिलावे पुलको उद्घाटन , अब आवागमन सहज हुने
तिलावे पुलको उद्घाटन , अब आवागमन सहज हुने
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/IMG-20220813-WA00181.jpg?resize=1024%2C769&ssl=1
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/08/blog-post_79.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/08/blog-post_79.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy