मुख्यमन्त्री राउत सहित मधेस सरकारका मन्त्रीहरुको युरोप भ्रमण रद्द

570 SHARE:

फाइल फोटो

मधेसखबर

वीरगन्ज,२६ साउन : मधेस प्रदेशका   मुख्यमन्त्री सहित प्रदेश सरकारका जम्बो हाइप्रोफाइल टोलीको यूरोप भ्रमण रोकिएको छ ।

संघीय सरकारको मन्त्रिपरिषदले स्वीकृति नदिएपछि भ्रमण रोकिएको  मधेस सरकारका अर्थ मन्त्री तथा सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले जानकारी दिए । चुनावको मिति घोषणासँगै संघीय सरकारले निर्णय नगरेका काण भ्रमण रोकिएको साहले बताए।

असार ३१ गते प्रदेश सरकारले मन्त्रिपरिषदबाट यूरोप भ्रमणमा जाने निर्णय गरेको थियो । त्यसपछि प्रदेश सरकारको टोली रातो पास्पोर्ट र भिसा आवेदनको लागि साउन पहिलो साता काठमाडौं पुगेको थियो । साउन ६ गते  टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव अघि प्रहरी समायोजनका लागि ज्ञापनपत्र बुझाएको थियो ।

 

जेनेभा विश्वविद्यालयको निमन्त्रणामा स्वीट्जरल्यान्डको संघीयता मोडेलबारे अध्ययन गर्न मधेस सरकारको टोली भ्रमणमा जाने तयारी  थियो । बस्ने, खाना र व्यवस्थापनको जिम्मा आमन्त्रण गर्ने पक्षले नै लिएको थियो । तर टिकट खर्च प्रदेश सरकारले आफै व्यहोर्ने गरी तयारी गरिरहेका थियो । सबै पार्टीको प्रतिनिधित्व हुने गरी भ्रमण टोली बनाइएको थियो । उक्त टोलीमा मुख्यमन्त्री लालबाबु राउतसँगै मधेस प्रदेशका सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवको नाम समावेश गरिएको थियो ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की प्रदेशसभा सदस्य रानी शर्मा, नेकपा एमालेकी प्रदेशसभा सदस्य शारदादेवी थापा, प्रदेशसभाका सचिव रञ्जित यादव लगायतको टोली यूरोप भ्रमणमा समावेश थिए । यसअघि पनि मुख्यमन्त्री राउत केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अमेरिका जाने तयारी गरेका थिए । त्यति बेला पनि संघीय सरकारले सिफारिस नगर्दा मुख्यमन्त्री राउत अमेरिका जान पाएनन् ।

The post मुख्यमन्त्री राउत सहित मधेस सरकारका मन्त्रीहरुको युरोप भ्रमण रद्द appeared first on Madhes Khabar.



from Madhes Khabar https://ift.tt/zuOQZdH
via Source link
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: मुख्यमन्त्री राउत सहित मधेस सरकारका मन्त्रीहरुको युरोप भ्रमण रद्द
मुख्यमन्त्री राउत सहित मधेस सरकारका मन्त्रीहरुको युरोप भ्रमण रद्द
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/08/IMG-20220801-WA0004.jpg?resize=960%2C540&ssl=1
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/08/blog-post_65.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/08/blog-post_65.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy