मधेसखबर
३० साउन, वीरगञ्ज । सोमबार ८ सय ८८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी पाँच हजार ७ सय ३७ जनाको परीक्षणमा ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेका छन् ।
The post सोमबार थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु appeared first on Madhes Khabar.
from Madhes Khabar https://ift.tt/1Myb05j
via Source link