मधेसखबर
वीरगन्ज,२२ साउन : महोत्तरी माईती घर भएकी ‘कुमारी आमा’ निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट दुर्व्यवहार गर्दै निन्त्रणमा लिएको छ ।
न्याय माग्दै काठमाडौंको वसन्तपुरमा पछिल्लो पटक तीन दिनदेखि आमरण अनशनमा बसेकी उनी आइतबार सर्वोच्च अदालत पुगेकी थिइन् ।
अनशन बस्दा समेत न्याय पाउन नसकेको र आफ्नो माग सुनवाइ नभएको भन्दै निहारिका आइतबार दुई वर्षको छोरा च्यापेर सर्वोच्च अदालत परिसरमा पुगेका बेला उनि र उनका नाबालक छोरालाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको हो । आफ्नो ब्यानर प्रदर्शन गर्न खोज्दा उनलाई महिला प्रहरीले झ्यानाकुटी पार्दै गाडीमा हालेका थिए । बच्चालाई पनि उठाइएको थियो । उनीहरूलाई सिंहदरबार वृत्तमा लगिएको छ ।
निहारिकाले आफू अब न्यायका लागि ज्यान दिन पनि तयार रहेको बताएकी छन् । माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने उनको प्रतिज्ञा छ ।
निहारिका दुई महिनाअघि पनि आमरण अनशन बसेकी थिइन् । उनलाई दुई अभियन्ताले त्यसबेला अनशनमा साथ दिएका थिए । यसपालि भने उनी एक्लै अनशन बसेकी हुन् ।
आफूलाई एक पुरुषले बलात्कार गरेर बच्चा जन्मिएको निहारिकाको दाबी छ । धनुषा जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् ।
आरोपीलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग निहारिकाले राखेकी छन् ।
The post न्याय माग्दा कुमारी आमा निहारिका माथि फेरि सरकारको ज्यादती appeared first on Madhes Khabar.
from Madhes Khabar https://ift.tt/PLSxNMn
via Source link