नवनियुुक्त वनमन्त्री यादवको घोषणा : तीन महिना भित्रमा पर्सा जिल्लालाइ एकदमै ठूलो उपहार दिन्छु

570 SHARE:

मधेसखबर
वीरगन्ज,२५ असार : संघीय सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले अबको तीन महिना भित्रमा पर्सा जिल्लालाइ विकास निर्माणको योजनाको ठूलो उपहार दिने घोषणा गरेका छन् ।

मन्त्री बनेपछि पहिलो पटक शनिबार गृहनगर वीरगन्ज आएका बेला उनको स्वागतमा जसपाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री यादवले यस्तो घोषणा गरेका हुन् ।

मन्त्री यादवले भने ,‘ हुन त मेरोे मन्त्रालय विकासे मन्त्रालय त होइन तर प्रधानमन्त्री , भौतिक पुर्वाधार विकास , शिक्षा लगायतका मन्त्रीहरुसंग समन्वय गरेर ३ महिना भित्रै यो जिल्लालाइ एकदमै ठूलो उपहार दिन्छुु यो मेरो घोषणा मात्रै होइन मेरो प्रतिबद्धता पनि हो ।

जिल्लाका १४ वटै पालिकामा अधुरा रहेका सबै सडकहरुको टेण्डर गराएर काम शुरु गराउने घोषणा पनि उनले गरे ।यसका साथसाथै पर्सामा पर्यटनको प्रबर्धन र विकासका लागि वीरगन्जमा ललितपुरको भन्दा पनि ठूलो चिडियाखाना आफनै कार्यकालममा निर्माण हुने उनले बताए । यसका लागि जग्गा खोज्न वीरगन्जका मेयर राजेशमान सिंहलाइ उनले आग्रह पनि गरे ।

भिस्वा स्तुप , विन्दवासीनी मन्दिर, भाथा मन्दिर लगायतका धार्मिक स्थललाइ धार्मिक पर्यकटीय स्थलका रुपमा रुपमा विकास गर्ने आफनो लक्ष्य रहेको उनले बताए । ठोरी गाँउपालिकालाइ मधेस सरकारले पर्यकटीय क्षेत्र घोषणा गरेको भन्दै उनले त्यसका लागि संघीय सरकारले प्रयाप्त बजेट उपलब्ध गराउने उनले बताए ।

संघ र प्रदेशको निर्वाचन निकटमै रहेकाले आफनो कार्यकाल एकदमै छोटो रहेको भन्दै मन्त्री यादवले भने ,‘ तर म विश्वास दिलाउन चाहन्छु कि म जिल्लावासीको शीर झुक्न दिन्न , यस्तो काम गछर्छु कि वनमन्त्रीको नाम लिएर जनताले ताली बजाउनेछन् , तपाइ जिल्लावासीको आर्शीवाद लिन यहा आएको छु आशीर्वाद लिएर काठमाण्डौ जान्छु अनि मात्र काम शुरु गर्छु ।

 

कार्यक्रमलाइ सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रदीप यादव मन्त्री बनेपछि जिल्लाका जसपाका नेता कार्यकर्तामा मात्र भइ सम्पूर्ण पर्सा जिल्लावासीमा नयाँ जोश जाँगर पलाएको बताए ।

उनले भने ,‘ प्रदीप यादव ज्यु मन्त्री बनेपछि जिल्लावासीमा एउटा छुटटै तरंग आएको छ , पर्साका जजनता र कार्यकर्ताको आशा भरोसामा मन्त्री ज्यु खरो रुपमा उत्रिने विश्वास लिएको छु । जसपाकै तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री इस्तियाक राइ पनि बनेकाले उनिसंग सहकार्य गरेर जिल्लाका १४ वटै पालिकाका रहेका सम्पूर्ण सडक निर्माणको काम ३ महिना भित्र कार्ययोजना तयार पारेर अगाडि बढ्नेछ भन्नेमा आफु विश्वस्त रहेको सिंहले बताए ।

कार्यत्रक्रममा जसपाको विधार्थी संगठन समाजवादी विधार्थी संगठनका जिल्ला अध्यक्ष एजाज बाबु राँकीले मन्त्री यादवलाइ चाँदीको मुकुट लगाइ दिएर स्वागत गरेका थिए ।

जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा , जिसस पर्साका अध्यक्ष अजय सर्राफ, जसपाका केन्द्रिय सदस्यहरु जनार्दन यादव , फिरोज मन्सुर ,नगरअध्यक्ष इश्वरचन्द्र यादव ,बहुदरमाइ नगरपालिकाका मेयर सिंघासन साह तेली , धोबीनी गाँउपालिकाका अध्यक्ष मदन चौहान लगायतको सहभागीता रहेको थियो ।

The post नवनियुुक्त वनमन्त्री यादवको घोषणा : तीन महिना भित्रमा पर्सा जिल्लालाइ एकदमै ठूलो उपहार दिन्छु appeared first on Madhes Khabar.



from Madhes Khabar https://ift.tt/4c2h8iB
via Source link
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: नवनियुुक्त वनमन्त्री यादवको घोषणा : तीन महिना भित्रमा पर्सा जिल्लालाइ एकदमै ठूलो उपहार दिन्छु
नवनियुुक्त वनमन्त्री यादवको घोषणा : तीन महिना भित्रमा पर्सा जिल्लालाइ एकदमै ठूलो उपहार दिन्छु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/minister-py.jpg?resize=727%2C417&ssl=1
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/07/blog-post_76.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/07/blog-post_76.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy