बेसहारालाई सहारा दिने ठोरीका ‘बिजुली बा’ आश बहादुरको प्रेरणादायी कथा

570 SHARE:

माधुरी महतो
वीरगन्ज,०२साउन : मधेश प्रदेशमा पर्ने पर्सा जिल्लाको ठोरी गाउँपालिका–१ भगवान् नगरका आसबहादुर गुरुङको उमेर ७८ वर्ष पुगेको छ।

विसं २०४० पुस १७ गते भारतीय सेनाको १९ वर्षे जागिरबाट अवकाश पाएपछि उनी स्वदेश फर्किए ।उति बेला निरक्षर भए पनि भारतीय सेनामा उनले जागिर पाए। तर त्यसपछि साक्षर हुने र कम्तीमा एसएलसी उत्तीर्ण गर्ने उनमा हुटहुटी जाग्यो ।

पढाइको धोको पूरा गर्न ठोरीकै सरस्वती माविमा भर्ना भई नातिनातिना उमेरका नानीबाबुसँग विद्यालय गएर विसं २०६७ सालमा उनले एसएलसी उत्तीर्ण पनि गरे ।

 

बेसहाराको सहारा आसबहादुर

विसं २०६९ सालमा १२ कक्षा पढाइ सकेर उनले औपचारिक अध्ययनलाई चाहिँ विश्राम दिए।त्यति बेलै गुरुङले गाउँघरमा तथा सडकमा बेसहारा अवस्थामा देखिने वृद्धवृद्धासहित असहायलाई सहयोग गर्ने उद्देश्यका साथ एउटा आश्रम खोले।

उनका तीन छोरामध्ये दुई छोरा भारतीय सेनामा जागिरे छन् भने दुई छोरी घरजम गरी आफ्नै दुनियाँमा व्यस्त छन्। हुन त गुरुङसँग पहिलाको जस्तो ताकत छैन । हिँड्ने सहारा उनको लट्ठी बनेको छ, तर मन चाहिँ अझै उही पल्टनको जवानजस्तै युवा नै रहेको उनी सुनाउँछन्।

 

त्यही जोस–जाँगरको नतिजा अनि ७० वर्षीया श्रीमती सीता गुरुङ र १०२ वर्षीया आमा सुकमाया गुरुङको साथ सहयोगले आफैँलाई सहारा चाहिने उमेरमा उनी आश्रम चलाएर थुप्रै बेसहाराको सहारा बनिरहेका छन्।

विभिन्न कारणले घरपरिवार छाडेका, अपहेलित महसुस गरेका तथा आर्थिक अवस्थाले कमजोर वृद्धवृद्धालाई सहारा दिन आश्रम खोलेको उनी बताउँछन्।

गुरुङले आफ्नो पुर्ख्यौली घरमा आश्रम खोलेर समाजमा एक्लिएका, आफन्तबाट अपहेलित तथा उपचार नपाएर बिचल्लीमा परेका व्यक्तिलाई आश्रय दिएका छन्।

“आफू बाँच्न र आफ्नो भनेर परिवार पाल्न त मान्छेले मेहनत गरेकै हुन्छन्। तर असहाय, अपहेलनामा परेका व्यक्तिको कोही हुँदैन,“ गुरुङले बीबीसीसँग भने।

त्यस्ता असहाय तथा अपाङ्गता भएका मानिसलाई देखेपछि मन थाम्न गाह्रो हुने गरेको उनी सुनाउँछन्।

 

जग्गा पनि आश्रमलाई दान

गहभरि आँसुसहित उनले भनेः “भगवान्ले संसारमा अनेकौँ प्राणीको सृष्टि गरेका छन्। तीमध्ये यस्ता अशक्तलाई पनि जीवनमा हाँसीखुशी आफ्नोपनको आभाससहित बाँच्ने अधिकार पक्कै पनि छ। त्यही सोचेर मैले यो आश्रम सञ्चालन गरेको हुँ।“

 

“सकुन्जेल सेवामा म निरन्तर लागिरहन्छु। सेवा नै धर्म हो, योभन्दा ठूलो धर्म, पुण्य र आत्मसन्तुष्टि केहीमा पनि मैले आजसम्म महसुस गरेको थिइनँ।“

 

आगामी दिनमा पनि आश्रम चलायमान रहोस् भन्ने उद्देश्यले गुरुङले आफ्नो व्यक्तिगत दुई कट्ठा जग्गा पनि आश्रमलाई नै दान दिएका छन्।

 

उनीद्वारा सञ्चालित आश्रममा हाल ३० जना वृद्धवृद्धा तथा असहायले आश्रित जीवन बिताइरहेका छन्।

 

त्यसमा गोरखादेखि सिन्धुपाल्चोक र काठमाण्डूसम्मका वृद्धवृद्धा तथा असहाय पनि रहेको गुरुङ बताउँछन्।

 

तीमध्ये सातजना ह्वीलचेयरमा मात्रै हिँडडुल गर्न सक्ने र तीजना स्पाइनल इन्जुरी भएर चौबीसै घण्टा ओछ्यानमा सुत्नुपर्नेहरू अवस्थाका छन्।

आश्रित व्यक्तिहरूलाई उनी आफ्नै हातले खाना खुवाउँछन् भने उनीहरूले ओछ्यानमा गरेको फोहोर पनि उनी आफैँ सफा गर्छन्।

विसं २०७२ सालदेखि आश्रममा आश्रित रहेकामध्ये अपाङ्गता भएकी ३४ वर्षीया शान्ति तामाङ एक हुन्।

“यहाँ सबै एकदमै दयालु हुनुहुन्छ। आफ्नै परिवारले साथ दिएन, तर आश्रममा उहाँले आफ्नो पेन्सनले हामीलाई पालिरहनुभएको छ। मलाई आफ्नो परिवारभन्दा धेरै यो आश्रम प्यारो लाग्छ,“ बीबीसीसँग उनले भनिन्।

 

आश्रमका स्वयंसेवी पनि वृद्धवृद्धा

सत्तरी वर्षीया सीता गुरुङले आफ्ना पति आसबहादुरको समाजसेवामा हातेमालो गर्दै आएकी छन् भने उनकी १०२ वर्षीय आमा सुकमाया गुरुङ पनि छोरालाई सघाउँछिन्।

काम गर्नेहरू पनि सबै बूढापाका नै छन्। त्यसरी हातेमालो गर्नेमा ७५ वर्षसम्मका वृद्धवृद्धा पनि छन्।

भान्सामा काम गर्नेदेखि आश्रितहरूको सरसफाइलगायत सबै काममा उनकै उमेर समूहका व्यक्ति लागिपरेका छन्, त्यो पनि निःशुल्क।

तीमध्ये ७५ वर्षीय भान्से गोविन्दजीले भनेः “सेवा नै धर्म हो। हामी पनि कुनै न कुनै रूपमा अशक्त छौँ। तर हामीले अरूको सेवा गर्न छोड्नुहुन्न।“

अरूलाई सहारा दिँदा आफू स्वस्थ महसुस गर्ने गरेको ७४ वर्षीय ऋषिराम गिरी बताउँछन्।

त्यहीँ सेवारत आसबहादुरकी आमा सुकमाया आफनो परिवार र खासगरी छोराले गरेको सेवाप्रति गर्व महसुस गर्छिन्।

यो उमेरमा कतिपय शरीर गल्छ भने हिँडडुल गर्न अरूको सहारा लिनुपर्ने पनि हुन्छ। तर उनी भने अझै सामान्य रूपमा हिँडडुल गर्छिन्।

हँसिलो मुहार भएकी उनको शरीरमा कुनै प्रकारको थकान पनि देखिँदैन। हिँडडुल गर्न उनलाई अरूको सहारा चाहिँदैन।

आफ्ना शाखासन्तानको सङ्ख्या नै अहिले ६० जनाभन्दा बढी पुगिसेकेको गुरुङ बताउँछिन्।

खनातिसम्म खेलाइसकेकी सुकमाया अचेल कान कम सुन्ने गरे पनि ठूलो दीर्घरोग भने केही नरहेको उनका छोरा आसबहादुर गुरुङ बताउँछन्।

 

खर्चको जोहो कसरी हुन्छ?

आश्रममा खाद्यान्न, लत्ताकपडा, उपचारलगायत गरी अहिले आश्रम चलाउन मासिक कम्तीमा ५० देखि ७० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको गुरुङ बताउँछन्।

पेन्सनबापत मासिक उनलाई २४ हजार रुपैयाँ आउँछ र आश्रममा लाग्ने खर्च पहिला उनी आफैँ जोहो गर्छन्।

केही दाता र मनकारी व्यक्ति पनि सहयोग पाउने गरेको गुरुङ बताउँछन्।

कहिलेकाहीँ ठोरीका साथै अरू ठाउँका मानिसले पनि धान, चामल, बिस्कुट, दाल लगायतका खाद्यान्न सहयोग गर्छन्।

उनका अनुसार जन्मदिन लगायतका अवसरमा पनि मानिसहरूले आश्रमलाई सहयोग गर्ने गरेका छन्।

“पेन्सनबापत २४ हजार रुपैयाँ महिनामा आउँछ। त्यो जम्मा गरेर नराखी सबै झिकेर ल्याउँछु र सहयोगीहरूको सहयोगबाट पनि धेरै हदसम्म पुग्ने गरेको छ,“ गुरुङ भन्छन्।

“हामी पूरै परिवार सेवामा रमाएका छौँ। त्यसैले यो पेन्सनको रकम जम्मा गर्नुको औचित्य नै छैन। सकुन्जेल आश्रम चलाइरहनेछु, मरिलानु के छ र? “

त्यसका साथै आश्रम सञ्चालनका लागि पालिकाले वार्षिक एक लाख रुपैयाँ उपलब्ध गराउने गरेको गुरुङले बताए।

पर्साको दुर्गम मानिने ठोरीमा बिजुली ल्याउन पहल गरेका कारण गुरुङलाई स्थानीयवासीले ’बिजुली बा’ को उपनाम पनि दिएका छन्।

गाउँमा बिजुली पु¥याउन पहल गरेकोमा गुरुङलाई पर्सा मिलन केन्द्रले सम्मानित पनि गरेको छ।

 

दैनिक पाँच रुपैयाँ अभियान सञ्चालन

आश्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गरिराख्न दैनिक पाँच रुपैयाँ सहयोग अभियान पनि सञ्चालन गरेको उनी बताउँछन्।

त्यसका लागि वृद्धवृद्धा तथा असहाय कल्याण समाज व्यवस्थापन कोष स्थापना गरिएको छ।

स्थानीयवासी तथा इच्छुक दाताहरूले दैनिक पाँच रुपैयाँ सहयोग गर्न सक्ने अभियानका एक सदस्य सन्तोष श्रेष्ठ बताउँछन्।

अहिलेसम्म दुई सय जनाभन्दा बढीले कोषमा आर्थिक सहयोगको प्रतिबद्धता जनाएका र एक लाख रुपैयाँभन्दा बढी रकम खातामा जम्मा भएको उनले बताए।

दश वर्षमा ३० देखि ५० लाख रुपैयाँ सङ्कलन गरी आश्रमको अक्षय कोष स्थापना गरिने र सोही रकमबाट आश्रम सञ्चालन गरिराख्ने योजना रहेको गुरुङले सुनाए।

यसले आश्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गरिराख्न दैनिक पाँच रुपैयाँ सहयोग अभियानले आश्रमको भविष्य के हुने हो भन्ने चिन्ता पनि हटाएको उनी बताउँछन्।

आफूहरूले पनि आश्रमका लागि आवश्यक सामानको जोहो गर्न बेलाबेला खटिने गरेको स्थानीय युवा सनम श्रेष्ठ बताउँछन्।

हिँड्नै नसक्ने, ओछ्यानमै सुतिराख्ने जस्ता आश्रितलाई सेवा गर्न पहिलादेखि नै गुरुङ परिवार लागिपरेको देख्दा मन प्रफुलित हुने गरेको र आफू पनि अभिप्रेरित भएको ठोरीका इन्द्रबहादुर घलानले बताए।

“कुनै पनि उद्देश्य पूरा गर्न पैसाभन्दा पनि आँट जरुरी हुने हुँदा हाल पैसा कमाएर कहाँ लिएर जानु? अरू कमाउनतिर लागे पनि मलाई यही सेवाभावले सन्तुष्टि दिएको छ,“ गुरुङ सगर्व सुनाउँछन्।

हाल आश्रम रहेको घर जीर्ण भएकोले केही समस्या परेको र घर बनाउन सहयोगी हात तथा नेपाल सरकारले समेत सहयोग गर्ने अपेक्षा राखेको पनि उनी बताउँछन्।

The post बेसहारालाई सहारा दिने ठोरीका ‘बिजुली बा’ आश बहादुरको प्रेरणादायी कथा appeared first on Madhes Khabar.



from Madhes Khabar https://ift.tt/SzPhQZC
via Source link
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: बेसहारालाई सहारा दिने ठोरीका ‘बिजुली बा’ आश बहादुरको प्रेरणादायी कथा
बेसहारालाई सहारा दिने ठोरीका ‘बिजुली बा’ आश बहादुरको प्रेरणादायी कथा
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/IMG-20220715-WA0004.jpg?resize=1024%2C478&ssl=1
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/07/blog-post_64.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/07/blog-post_64.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy