मधेसखबर
वीरगन्ज,२९असार: मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई समाप्त पार्ने योजना अन्तर्गत जसपालाइ फुटाउने षडयन्त्र भइरहेको बताएका छन्।
बुधबार देखि वीरगन्जमा शुरु जसपाको केन्द्रीय समितिको बैठकमा बोल्दै जसपाका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका मुख्यमन्त्री राउतले संघीयतालाइ मन नपराउने तत्वहरूले जसपालाइ फुटाउने षडयन्त्र गरिरहेको बताए।
उनले भने, ‘बाहिर हेर्दा संघीयतालाई स्वीकार गरेको देखिए पनि व्यवहारमा भने संघीयतालाई मन नपराउने कांग्रेस र कम्युनिस्टले नै अहिले जसपालाइ फुटाएर संघीयता समाप्त पार्न संस्थागत रुपमै लागेका छन्।’
पहिचान, समावेशी र संघीयताको जननी जसपा भएकाले जसपालाइ कमजोर पारे मात्र संघीयता कमजोर हुने योजना कांग्रेस र कम्युनिष्टहरु लागेको उनले बताए।
त्यसैले संघीयता र अहिले सम्म प्राप्त राजनीतिक उपलब्धि जोगाउनका लागि पनि जसपालाइ फुट हुनबाट जोगाउनु पर्ने अन्यथा जसपा फुटे त्यो देशकै लागि दुर्भाग्य हुने उनले बताए।
वीरगन्जमा बुधबार देखि शुरू बैठकमा देखिएको उपस्थितले यो बैठक नै पार्टीको आधिकारिक बैठक रहेको प्रमाणित भएको दाबी उनले गरे ।
The post जसपालाइ फुटाएर संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: मुख्यमन्त्री राउत appeared first on Madhes Khabar.
from Madhes Khabar https://ift.tt/1NOhtI9
via Source link