मधेसखबर
वीरगन्ज,११साउन : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
बुधबार अपरान्ह सार्वजनिक नतीजा अनुसार , यस वर्षको एसइइमा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको विद्यार्थीको संख्यासंख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ रहेको छ ।
यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउने विद्यार्थीको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए ।
बुधबार बसेको परीक्षा बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार यस वर्षको एसइइमा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।
कोभिड–१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले परिक्षा बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका थिए ।
शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।
एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।
The post एसईईको नतिजा सार्वजनिक appeared first on Madhes Khabar.
from Madhes Khabar https://ift.tt/lwTGWCs
via Source link