वीरगन्ज पब्लिक कलेज देशभरकै उत्कृष्ट प्लस टु कलेजको उपाधीबाट सम्मानीत

570 SHARE:

मधेसखबर
वीरगन्ज,३० असार : वीरगन्ज पब्लिक कलेज (बिपिसी), देशभरकै उत्कृष्ट माध्यमिक विद्यालय (प्लस टू कलेज) को रुपमा सम्मानित भएको छ ।

गुरु पूर्णिमा तथा भानु जयन्तिको उपलक्ष्यमा काठमाडौँमा बुधबार फोकस नेपाल नामक संस्थाले आयोजना गरेको कार्यक्रममा बिपिसी कलेजलाई देशकै उत्कृष्ट प्लस टू कलेजको रुपमा सम्मानित गरिएको हो ।कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनालले बिपिसी कलेजका क्याम्पस निर्देशक सङ्कल्प शाक्यलाई उत्कृष्ट कलेजको सम्मानपत्र प्रदान गरेका हुन् ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले भौतिक पूर्वाधार, दक्ष र अनूभवी शिक्षक शिक्षिकाबाट अध्ययन–अध्यापन, समयानुकुल प्रतिष्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकालाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन , परिक्षा नतीजा र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदानको आधारमा विपिसी कलेजलाई देशकै उत्कृष्ट प्लस् टु कलेजका रुपमा सम्मनित गरिएको बताए ।

कार्यक्रममा सम्मानित भएपछि बिपिसी कलेजका क्याम्पस निर्देशक शाक्यले वीरगन्ज र आसपासका क्षेत्रमा हजारौँ विद्यार्थीहरुको पहिलो रोजाईमा पर्ने विपिसी कलेजले यो सम्मान पाउनुमा कलेजका सम्पूर्ण शिक्षकदेखि कर्मचारीहरुको विशेष योगदान रहेको बताए । विपिसीले यो सम्मान पाउनु वीरगन्जवासीको लागि पनि गर्वको विषय भएको उननले बताए ।

प्रतिष्पर्धाका सबै मानकहरुमा अब्बल ठहर गरेर विपिसी कलेज देशकै उत्कृष्ट प्लस टू कलेजमा पर्न सफल भएको भन्दै शाक्यले यो सम्मानले वीरगन्जलाई शिक्षाको हब बनाउने अभियानका लागि एउटा ठूलो कोशेढुंगा सावित हुन बताए ।

 

विपिसी कलेजमा हाल प्लस टूदेखि स्नातकोत्तर सम्म ३ हजार भन्दा पनि बढी विद्यार्थी अध्ययनरत् छन् । वीरगन्ज मात्र नभएर विपिसी मधेश प्रदेशकै एउटा अग्रिणी शैक्षिक संस्था हो । यसअघि पनि कलेज देशकै उत्कृष्ट कलेजको उपाधिबाट सम्मानित भइसकेको छ ।कलेजमा स्नातकोत्तर तहमा एमबीएस, एमबीए, स्नातक तहमा बीए, बीबीएस, बीआईएम र प्लस टूमा व्यवस्थापन, विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

The post वीरगन्ज पब्लिक कलेज देशभरकै उत्कृष्ट प्लस टु कलेजको उपाधीबाट सम्मानीत appeared first on Madhes Khabar.



from Madhes Khabar https://ift.tt/ZcBrMFH
via Source link
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: वीरगन्ज पब्लिक कलेज देशभरकै उत्कृष्ट प्लस टु कलेजको उपाधीबाट सम्मानीत
वीरगन्ज पब्लिक कलेज देशभरकै उत्कृष्ट प्लस टु कलेजको उपाधीबाट सम्मानीत
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/05dec0d2-e0d0-40fe-a4ba-22ecfeef721c.jpg?resize=884%2C704&ssl=1
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/07/blog-post_33.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/07/blog-post_33.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy