
प्रमोद यादव
वीरगन्ज,१९असार: पर्साको गादी खोलाबाट प्रहरीले गिटीबालुवा सहितको दुई वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा खटिएको टोलीले पर्साको पटेर्वा सुगौली गाउँ पालिका वडा नम्बर २ मा पर्ने गादी खोलाबाट ना ६ त ३६५२ र ना७ त १४३४ नम्बरको ट्रयाक्टर अबैध गिटी बालुवा सहित नियन्त्रणमा लिएको हो।
दुवै ट्रयाक्टर आवश्यक करवाहीको लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको र यस विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
The post पर्साको गादी खोलाबाट गिट्टी बालुवा सहितको दुई वटा ट्रयाक्टर नियन्त्रणमा appeared first on Madhes Khabar.
from Madhes Khabar https://ift.tt/KFc8TbO
via Source link