
मधेसखबर
वीरगन्ज,२०जेठ :आगामी आर्थिक वर्ष २०७९÷८० का लागि संघीय सरकारले ल्याएको बजेटमा वीरगन्ज महानगरपालिका फेरि उपेक्षामा परेको छ । मधेश प्रदेशको एक मात्र महानगरपालिका एवम् आर्थिक नगरी वीरगन्जलाई सरकारले दिने अनुदान घटाएको छ । वीरगन्जले महानगरपालिका आगामी आर्थिक वर्षको लागि संघीय सरकारबाट १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ मात्रै अनुदान पाउने भएको छ । चालु आर्थिक वर्षको लागि भने संघीय सरकारले वीरगन्ज महानगरपालिकालाइ १ अर्ब ४५ करोड ४० लाख रुपैया अनुदान बजेट दिएको थियो ।तर आगामी आर्थिक वर्षको लागि सार्वजनिक बजेटमा भने वीरगन्ज महानगरको चालु आर्थिक वर्षको भन्दा ५४ लाख रुपैयाँ कम अनुदान पाउने भएको हो ।पाँच दलीय गठबन्धनमध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा) विजयी भएको एक मात्र वीरगन्ज महानगरपालिकालाई अर्थ मन्त्रालयले उपेक्षा गरेको छ । यस्तै नयाँ बजेटमा वीरगन्जको लागि कुनै विशेष बजेट र प्याकेज पनि उल्लेख गरिएको छैन ।
संघीय सरकारले ६ वटा महानगरपालिकालाई मात्र समानीकरण, सशर्त, विशेष र समपुरक गरि १० अर्ब ३१ करोड ३९ लाख रुपैयाँ अनुदान दिएकोमा भरतपुर महानगरपालिकालाई प्राथमिकता दिएको छ ।
सत्ता गठबन्धनका पाँच दल मध्ये नेकपा (माओवादी केन्द्र) विजयी भएको एक मात्र महानगरपालिका भरतपुर महानगरलाई संघीय सरकारले प्राथमिकता दिएको छ् । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान पाउने भएको छ । चालु आर्थिक वर्षमा भने भरतपुर महानगरले १ अर्ब ६४ करोड २८ लाख रुपैया अनुदान पाएको थियो । नयाँ बजेटमा भरतपुर महानगरपालिकालाई १५ करोड ९६ लाख रुपैयाँ अनुदान बढाइएको हो । महानगरहरुलाई थपिएको अनुदानमध्ये भरतपुर महानगरलाई मात्रै ७२ प्रतिशत अनुदान दिइएको छ ।
पोखराले आगामी आर्थिक वर्षको लागि २ अर्ब ५८ करोड ४६ लाख , काठमाडौँ महानगरले २ अर्ब ३ करोड ९९ लाख ,ललितपुर महानगरले १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ , विराटनगर महानगरले १ अर्ब २१ करोड ८५ लाख रुपैया अनुदान पाउने भएको छ ।
The post संघीय सरकारको बजेटमा वीरगन्ज महानगर फेरि उपेक्षामा appeared first on Madhes Khabar.
from Madhes Khabar https://ift.tt/JDvUF6G
via Source link