वीरगंज, ८ असार ।
वीरगंज महानगर–२४ का वडा सदस्य ३७ वर्षीय कृष्णकुमार यादव (सन्त)को मङ्गलवार राति निधन भए । घाइते वडा सदस्यको उपचारको क्रममा निधन भएको हो । जेठ २० गते मकवानपुरगढी गाउँपालिकाको जीपलाइन सडकखण्डमा दुर्घटनामा उनी घाइते भएका हुन् ।
भरतपुरमा मेडिकल कलेजमा उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
स्थानीय तहको निर्वाचनमा उनी जसपाका उम्मेदवार भई वडा सदस्य पदमा निर्वाचित भएका हुन् । महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनको क्रममा वीरगंजबाट पिकनिकमा गएको बेला उनको दुर्घटना भएको थियो । दुर्घटनामा पाँचजना घाइते भएका थिए ।