
मधेसखबर
वीरगन्ज,२०जेठः कानुन,न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद बन्दीले बाराको निजगढमा प्रस्तावित अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरेका छन् ।
शुक्रबार बिहान मन्त्री बन्दीले प्रस्तावित निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरेका हुन् ।
स्थानीय अगुवा र सरोकारवालाहरुसंगै मन्त्री बन्दीले विमानस्थल निर्माणस्थलको अवलोकन गरेको मन्त्री बन्दीका स्वकीय सचिव लक्ष्मण बस्यालले जानकारी दिए । त्यसक्रममा मन्त्री बन्दीले स्थानीयवासीसंग विमानस्थल निर्माण बारेका चुनौती र समस्या बारे छलफल पनि गरेको बस्यालले जानकारी दिए ।
सर्वोच्च अदालतले यहि जेठ १२ गते निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको काम रोक्न अन्तिम फैसला गरेपनि सरकार , संसद र राजनीति दलहरु भने विमानस्थल निर्माणको निर्णयबाट पछि नहट्ने अडानमा छन् ।
विमानस्थल निर्माणका लागि ८ सय ५० बिघा जग्गा सरकारले अधिग्रहण गरिसकेको र १ खर्ब भन्दा बढि राज्यको ढुकुटी खर्च भइसकेकाले निजगढमै विमानस्थल निर्माण हुने सरकारको अडान छ । आगामी आर्थिक वर्षको बजेटमा पनि सरकारले निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागि योजना राखेको छ ।
The post निजगढ विमानस्थलको कानुन मन्त्री बन्दीद्धारा अवलोकन appeared first on Madhes Khabar.
from Madhes Khabar https://ift.tt/43kWvNP
via Source link