महोत्तरीमा थप तीन तहको परिणाम सार्वजनिक

570 SHARE:

महोत्तरी। महोत्तरीमा थप तीन स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो समय बर्दिबास र औरही नगरपालिका तथा सम्सी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

बर्दिबासमा राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा प्रल्हादकुमार क्षत्री र उपप्रमुखमा तारादेवी महतो निर्वाचित हुनुभएको हो । क्षत्रीले १४ हजार २१० र महतोले नौ हजार ७३६ मत प्राप्त गर्नुभएको छ । उहाँहरुका निकटतम प्रतिस्पर्धी प्रमुख पदका नेकपा (माओवादी केन्द्र) का राजु खड्काले आठ हजार ३२३ तथा उपप्रमुखमा सोही दलका कृष्णमायाँ गौतमले ८१८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

स्वतन्त्र समूहले नै तीन वडाध्यक्षसमेत जितेको छ ।   

यसैगरी औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रमुख र उपप्रमुखमा विजयी भएको छ । प्रमुखमा प्रदीपकुमार खड्काले ६ हजार ८७ र उपप्रमुखमा रेणु झाले पाँच हजार ८०८ मत प्राप्त गर्नुभयो । उहाँहरुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सुनिलकुमार यादवले पाँच हजार ७४७ र उपप्रमुखमा रेखा यादवले पाँच हजार ६०५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सम्सी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । अध्यक्षमा रामनाथ यादवले तीन हजार ८९३ र उपाध्यक्षमा अनिताकुमारीले तीन  हजार २९५ मत प्राप्त गर्नुभयो । उहाँहरुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार उत्तिमलाल यादवले दुई हजार ५८२ र उपाध्यक्षमा उर्मिला देवीले दुई हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।

मत परिणाम घोषणा भएका स्थानीय तहको सङ्ख्या नौ पुगेको छ । यसअघि मटिहानी, रामगोपालपुर र मनराशिश्वा नगरपालिका तथा  महोत्तरी, पिपरा र एकडारा गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अझै ६ स्थानीय तहको परिणाम घोषणा हुन बाँकी छ ।  



neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: महोत्तरीमा थप तीन तहको परिणाम सार्वजनिक
महोत्तरीमा थप तीन तहको परिणाम सार्वजनिक
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/05/blog-post_924.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/05/blog-post_924.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy