
रूपन्देही ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाँणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राख्नुभएको छ।
अहिले बिहान ६:३० बजे गणना भएको ५० हजार९९८ मतको परिणाम सार्वजनिक गर्दा खाँण९८५ मतान्तरले अगाडि हुनुहुन्छ । २२ हजार मत गणना सम्पन्न भएदेखि निरन्तर अगाडि रहनुभएका खाँणले पछिल्लो पटक सार्वजनिक भएको नतिजामा १९ हजार ४सय ७२ मत पाउनुभएका छ।
उहाँलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँले १८ हजार ४ सय ८७ मतका साथ पछ्याई रहनुभएको छ। तर उपप्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी जागेश्वरी दोब्बर मतले अगाडी हुनुहुन्छ तिलोत्तमा नगरपालिकामा हालसम्म वडा नं १, २, ३,४,५, १२,१३ १५,१६र १७ नं वडाको अन्तिम परिणाम आई सकेको छ। ती वडा मध्ये वडा नं १,४,१२ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २,३,५,१३,१४ १६ र १७ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ।अहिले नगरपालिकाको ६, ७, १० र ११ वडा को मतगणना जारी छ।
from ताजा समाचार – Radio Nepal https://ift.tt/HJgsWru
via Source link