नृसिंह जयन्ती मनाइँदै

570 SHARE:

त्रिशूली । वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ ।नृसिंह अवतार भगवान् विष्णुको चाँैथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नृसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

हिन्दू धर्म ग्रन्थमा उल्लेख भएअनुसार कष्यप ऋषिकी पत्नी दितिको गर्भबाट दुई बालक हिरण्याक्ष र हिरण्यकश्यपु पैदा भएका थिए । ठूलो भएपछि दुवैले जताततै उप्रद्रो मच्चाउन थाले । हिरण्याक्षलाई भगवान् विष्णुको तेस्रो अवतार बराह भगवान्ले मार्नुभएको थियो ।

हिरण्यकश्यपुले ब्रह्माजीको घोर तपस्या गर्दा हिरण्यकश्यपुको शरीरबाट आगोको ज्वाला निस्कन्थ्यो । यो देखेर ब्रह्माजीले हिरण्यकश्यपु भएको ठाउँमा गएर इच्छाअनुसार वरदान माग्ने आज्ञा गर्नुभयो । यो सुनेर हिरण्यकश्यपुले ब्रह्माजीसँग अमर रहने वरदान मागे । ब्रह्माजीले जन्मेपछि मर्नैपर्ने सृष्टिको नियम भएकाले अरु वर माग्ने आज्ञा गर्नुभयो ।

यो सुनेर हिरण्यकश्यपुले ‘घरको बाहिर घरको भित्र, रातिको अँध्यारो, दिनको घाममा, आकाशमा, पातालमा, जमिनमा, नर (मानिस)बाट, यक्षबाट, गन्धर्वबाट, देवताबाट, किन्नरबाट कुन्जर (जनावर) बाट, हातबाट र हतियारबाट नमर्ने वरदान मागेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिनुभयो ।

ब्रह्माजीले हिरण्यकश्यपुको तपस्या घोर भएकाले मागेको वरदान दिनुभयो । ब्रह्माजीको वरदान पाएर हिरण्यकश्यपु अमर भयो । हिरण्यकश्यपुले तीनैलोकमा कब्जा जमायो । जगत्लाई आफ्नो बसमा बनायो । पूरा सृष्टिको मालिक म नै हो । मभन्दा ठूलो अरु कोही छैन भन्ने विश्वास सबैमा दिलाउन थाल्यो । हिरण्यकशिपुको घरमा भक्त प्रह्लादको जन्म भयो । भक्त प्रह्लाद दैत्य राज हिरण्यकश्यपु जस्ताको छोरा भएर पनि सानैदेखि हरि भक्तिमा रुचि राख्न थाले ।

यो देखेर दैत्यराज हिरण्यकश्यपुले प्रह्लादलाई संसारको अधिपति आफू भएको र आफूभन्दा ठूलो कोही हरि नभएको कुरा सम्झाउन खोज्यो । तर प्रह्लादले समुद्र न देखेको मानिसले कुवालाई नै ठूलो भन्छ तपाईँ त एक कुवाको भ्यागुता जस्तै कुरा गर्नु हुन्छ भनी उल्टो जवाफ दिए । यो सुनेर हिरण्यकश्यपु रिसाएर प्रह्लादलाई आफ्नो छोरो भएकाले मार्न सकिन्न यसलाई राक्षसी शिक्षाको कमी भयो भनेर गुरुकहाँ पढाउन पठाए । तर प्रह्लाद त्यहाँ पनि पढाई छोडेर हरि भक्तितिरै लागे । गुरुले धेरै सम्झाए तर प्रह्लादले हरि भक्ति छोडेनन् । झनै त्यहाँ भएका अन्य दैत्य पुत्रलाई हरि भक्तिमा लगाए । यो देखेर गुरुले पनि हार मानी दैत्य राज हिरण्यकश्यपु कहाँ फिर्ता पठाइदिए । हिरण्यकश्यपुले फेरि प्रह्लादलाई सम्झाउने कोशिस गरेका थिए । तर प्रह्लादले हरि भक्तिभन्दा ठूलो केही ज्ञान छैन भनी सुनाए ।

हिरण्यकश्यपु रिसाएर प्रह्लादका हात खुट्टा बाँधेर हात्तीको बाटोमा छोड्न लगाए । तर हात्तीले प्रह्लादलाई देखेर कुल्चन सकेनन् । हिरण्यकश्यपुले प्रह्लादलाई बाँधेर समुद्रमा बगाउन लगायो । प्रह्लादलाई सागरमा बगाइयो तर हरिकृपा, विष्णु भगवान् स्वयं आएर प्रह्लादलाई बचाउनुभयो ।

प्रह्लादलाई ज्ञान दिएर भगवान् अन्तध्र्यान हुनुभयो । केही दिनपछि हरि ज्ञान प्राप्त गरेर प्रह्लाद घर फर्किए । प्रह्लादलाई देखेर हिरण्यकश्यपु फेरि सम्झाउन लागे । प्रह्लादले हरिभन्दा ठूलो कोही नभएको र हरि सबै ठाउँमा रहेको कुरा दोहो¥याए । रिसले चुर भएको हिरण्यकश्यपुले ‘यदि तेरो हरि सबै ठाउँमा छ भने मेरो सामुन्ने हरिलाई देखा’ भने । प्रह्लादले हरिको ध्यान गर्दै विष्णुको आह्वान गरे । केही छिनमै भगवान् विष्णु खम्बाबाट नृसिंह अवतारमा प्रकट हुनुभयो । यो देखेर हिरण्यकश्यपुले खम्बालाई तरवारले काट्यो । भगवान् नृसिंह पनि रिसाएर हिरण्यकश्यपुलाई मार्न अघि सर्नुभयो । नृसिंह भगवान्को आधा शरीर सिंहको र आधा शरीर मान्छेको थियो ।

नृसिंह न जनावर थिए न मान्छे । जतिखेर हिरण्यकश्यपुलाई मारियो । त्यो समय सन्ध्या समय थियो । त्यो समयमा न त घाम थियो, न रातको अँध्यारो । तब सबै विधि मिलाएर भगवान् नृसिंहले हिरण्यकश्यपुलाई घरको वीच ढोकामा आफ्नो काखमाथी राखेर नङ्ग्रा धसी मार्नुभयो । ब्रह्माजीको सबै वाचा मिलाएर मारेपछि गएर नृसिंहको क्रोधले सारा संसार जल्न लाग्यो । नृसिंहको क्रोध शान्त पार्न ब्रह्मा, शिव, लक्ष्मी आदि देवी देवता आएर प्रार्थना गर्नुभयो ।

क्रोध झन् बढ्दै गयो । अन्तमा प्रह्लादले प्रार्थना गर्दा नृसिंहको रिस शान्त भयो । प्रह्लादलाई ज्ञान दिएर नृसिंह भगवान् अन्तध्र्यान हुनुभयो । प्रह्लादले पनि हरि भक्तिमा ध्यान दिएर राज पाठ सम्हाले । प्रह्लादलाई ज्ञान सिकाउन भगवान् विष्णुले दत्तात्रय अवतार लिनुभएको थियो । दत्तात्रयले पनि प्रह्लादलाई धेरै ज्ञान सिकाउनुभयो ।भक्तको रक्षा गर्न भगवान् विष्णुले वैशाख शुक्ल चतुर्दशीमा नृसिंह अवतार लिनुभएकाले यस दिन नृसिंह जयन्ती मनाइन्छ ।



neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: नृसिंह जयन्ती मनाइँदै
नृसिंह जयन्ती मनाइँदै
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/05/blog-post_69.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/05/blog-post_69.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy