टोकियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका तीन पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्नु भएको छ ।
जापान भ्रमणमा रहनु भएका मोदीले जापानको राजधानी टोकियोमा मङ्गलबार तीन पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्नु भएको हो ।
पूर्व प्रधानमन्त्रीहरू योशिहिडे सुगा, सिन्जे आवे र योशिरो मोरीसँग उहाँले आपसी अनुभव आदान प्रदान गर्नु भएको थियो ।
उहाँहरूका बीचमा दुई देशको सम्बन्ध थप बलियो बनाउने, सहकार्यका नयाँ ढोकाहरू खोल्ने, आपसी सहयोग आदानप्रदान बढाउने लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।
सबै जनाले एक अर्काप्रति हार्दिकता प्रकट गरेको र भेटघाट गर्न पाएकोमा खुशी लागेको बताउनु भएको अधिकारीहरूले जनाएका छन् ।
जापान—भारत एसोसिएसन (जेआइए) का अध्यक्ष समेत रहनु भएका पूर्व प्रधानमन्त्री योशिरोसँग प्रधानमन्त्री मोदीले एसोसिएसनका बारेमा पनि कुराकानी गर्नु भएको थियो ।
सन् १९०३ मा स्थापना भएको सो एसोसिएसनलाई अन्तरदेशीय मैत्रीपूर्ण संगठनहरू मध्ये सबैभन्दा पुरानो संगठन भएकाले पनि महत्वका साथ हेरिन्छ ।
प्रधानमन्त्री मोदीले पनि योशिरो नेतृत्वको पुरानो सङ्गठनलाई अझ प्रभावकारी बनाउन र त्यस मार्फत गर्न सकिने कामहरूलाई विस्तार गर्न पनि जोड दिनुभएको थियो ।एएनआई
from ताजा समाचार – Radio Nepal https://ift.tt/d527gNC
via Source link