वीरगंज, २९ वैशाख । शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि जसपाबाट वीरगंजको मेयर पदका उम्मेदवार राजेशमान सिंह पूजापाठमा व्यस्त भएका छन् ।
मंगलवार मध्यरातिदेखि शुरू भएको मौनअवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् भने सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले प्रभावकारी कार्य तिब्र रूप मा लागेका छन।
मौनअवधिलाई मध्य नजर गर्दै जनता समाजवादी पार्टी पर्सा वीरगञ्ज महानगरपालिकाको मेयर पदका साझा उम्मेदवार राजेशमान सिंहले वीरगंजको प्रसिद्ध मन्दिरहरू गहवा माई मन्दिर,बिर्ता माई मन्दिर, हनुमान मन्दिर लगायत,वीरगंज कै बिभिन्न प्रसिद्ध मठ मन्दिरमा पूजा अर्चनामा व्यस्त भएका छन् ।