वीरगंज, ३ जेठ । वीरगंज महानगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाका मनोज राउत कुर्मी विजयी भएका छन् ।
मङगलवार बिहान सकिएको वडा नम्बर १ को मतगणनाको अन्तिम परिणाम अनुसार, वडा अध्यक्षमा जसपाका कुर्मी विजय भएका हुन् ।
कुर्मी ८५२ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका ओम प्रकाश गुप्ताले ७३३ मत मात्रै प्राप्त गरे । वडा नम्बर १ मा कुल ३१०८ मत खसेको थियो ।
यसअघि नेपाली काङग्रेसकै कार्यकर्ता रहेका कुर्मी, मनोनयनको अन्तिम समयमा काङग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरि जसपाबाट उम्मेदवारी दिएका थिए । २०७४ को निर्वाचनमा उक्त वडामा नेपाली काङग्रेसका मनोज गुप्ता निर्वाचित भएका थिए ।
वडा नम्बर १ को वडा अध्यक्षमा कुर्मी विजयी भएसंगै जसपाले महानगरमा दोश्रो जित हात पारेको छ । यसअघ िसोमवार वीरगंज ३२ को वडा अध्यक्षमा जसपाकै रियाज मियाँ विजयी भएका थिए ।