वीरगंज, ६ जेठ । जसपा नेपालका उम्मेदवार विजयी भएपछि सांसद प्रदीप यादव र नेता राजेशमान सिंहले उनीहरुको सम्मान गरेको छ । एक कार्यक्रमको बीच जसपाका विजयी उम्मेदवारलाई सम्मान गरिएको हो ।
जसपाबाट वडा नं ३ मा बैजु स्वर्णकारले दोस्रोपटक जीत हासिल गरेका छन् । उनले नेकाका अनवर हवारीलाई ४२२ मतान्तरले पराजित गरी वडाध्यक्षमा दोस्रोपटक विजयी भएका हुन् । स्वर्णकारले एक हजार ५७० र हवारीले एक हजार १५८ मत पाएका थिए । जीतसँगै वडा नं ३ मा विजय ¥याली निकालिएको थियो । जसपाको वडाध्यक्षसहितको प्यानल जितेकोमा बाजागाजाका साथ अबीरजात्रा गरिएको थियो ।
यसैगरी बहुदरमाई नगरपालिकामा जसपाले प्रमुखमा र एमालेले उपप्रमुखमा जीत हासिल गरेको छ ।
बिहीवार सम्पन्न मतगणनामा जसपाका सिंहासन साह तेलीले छ हजार चार मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका शिव पटेलले पाँच हजार ६५८ मत ल्याए ।
निवर्तमान नगरप्रमुख नितेन्द्र साह तेस्रो स्थानमा रहे ।
उपप्रमुखमा एमालेकी सुषमा कुशवाहाले छ हजार ४४० मत र नेपाली काङ्ग्रेसकी सोनामती देवीले पाँच हजार ५२५ मत ल्याएका थिए ।
नौवटा वडा रहेको बहुदरमाईमा क्रमशः प्रमोद यादव (नेका), जीतेन्द्र पटेल (नेका), दिनेश यादव (एमाले), सुरेन्द्र यादव (एमाले), सुनील महतो कोइरी (एमाले), प्रमोद प्रसाद (स्वतन्त्र), वीरेन्द्र यादव (जसपा), पुनीलाल साह तेली
(नेका), रवीन्द्र गुप्ता (नेका) विजयी भएका छन् ।