‘समुचित प्रयोगबाट विकास लक्ष्य प्राप्त’

570 SHARE:

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना तथा सञ्चार प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामको रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, २०७९ का अवसरमा शुभकामना दिनुहुँदै उहाँले सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमा प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाई आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैमा आग्रह पनि गर्नुभएको छ । “गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, सम्मुन्नत राष्ट्र निर्माणको आधार” भन्ने मूल नारासाथ देशव्यापी रूपमा राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस २०७९ मनाइँदैछ ।

प्रधानमन्त्री देउवाले विश्वव्यापी रूपमा सञ्चार तथा सूचना प्रविधिको बढ्दो प्रयोगले राज्य व्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह, सामाजिक अन्तक्र्रियालगायतका विषयमा आमूल परिवर्तन हुँदै आएको बताउनुभएको छ । उहाँले सन्देशमा हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने उल्लेख गर्नुभएको छ ।

सूचना तथा सञ्चार प्रविधिको विकास एवं विस्तार गरी सुशासन कायम गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गनुहुँदै उहाँले प्रविधिको प्रयोगमा अभिवृद्धि गर्दा गुणस्तर कायम गर्न र यसबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।

सुरक्षित साइबर सुरक्षा नीति : कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई व्यवस्थित गर्न सरकारले नीतिगत, कानुनी, संरचनागत तथा प्रक्रिया निर्माण, परिमार्जन र सुधारका कार्य उच्च प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ । उहाँले पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस, २०७९ का अवसरमा शुभकामना सन्देश दिँदै व्यवस्थित तथा सुरक्षित साइबर सुरक्षा नीति निर्माणको काम भइरहेको उल्लेख गर्नुभएको छ । मन्त्री कार्कीले हाल सञ्चालनमा रहेका डाटा सेन्टर तथा सरकारी क्लाउडको मूल्याङ्कन तथा पुनरवलोकन गर्नुका साथै थप डाटा सेन्टर स्थापना कार्य भइरहेको उल्लेख गर्नुभएको छ ।



neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: ‘समुचित प्रयोगबाट विकास लक्ष्य प्राप्त’
‘समुचित प्रयोगबाट विकास लक्ष्य प्राप्त’
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/05/Untitled-2-1-1024x488.jpg
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/05/blog-post_20.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/05/blog-post_20.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy