वीरगंज, ११ वैशाख । पूर्वराज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ।
झाको उपचारका क्रममा राति काठमाडौंमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
डिम्पल पछिल्लो दुर्ई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् । उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन। डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन।
स्व. झा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेशका माननीय, पूर्वमन्त्री, संविधानसभा सदस्य तथा पार्टीका नेता अनिलकुमार झाजीका धर्मपत्नी पनि हुन् ।