जनता समाजवादी पार्टीका
उम्मेदवारहरुलाई जिताउन पार्टीका महिला नेतृहरुले देखाउनु भएको सक्रियताले हामी उत्साहित भएका छौँ । हाम्रो पार्टी शसक्त महिलाहरु भएको एउटा संगठन हो, जहाँ प्रत्येक ठाउँमा महिलेले समान अवसर पाएका छन् । उदाहरणका लागि हाल पार्टीको मन्त्रीमण्डलमा रहनुभएकी माननीय मन्त्री श्री रेणु यादवज्यूलाई लिन सकिन्छ । उहाँलाई पार्टीले एउटा ठूलो मन्त्रालयको जिम्मा दिएर महिलामाथि हामी विश्वास गर्छौं र महिलालाई अगाडि बढाउँछौँ भन्ने कुरालाई प्रमाणित गरेको छ । अन्य पार्टीमा जहाँ महिलालाई सजावटका रुपमा मात्र राखिन्छ तर हामी उहाँहरुलाई सँगै लिएर हिडछौँ ।
महिला नेतृ एवम् समाजवादी महिला सङ्घकी प्रदेश उपाध्यक्ष श्रीमती पिंकी यादवज्यूको नेतृत्वमा पार्टीका महिलाहरुको एउटा टोलीले जसपाका उम्मेदवारहरुलाई जिताउने छुट्टै घरदैलो गरिरहेको छ । म उहाँ सम्पूर्ण महिला नेतृहरुलाई धन्यवाद दिँदै पार्टी प्रति उहाँहरुले देखाउनु भएको इमान्दारितालाई सलाम गर्छु ।
जय मधेश, जय महिला शक्ति, जय वीरगञ्ज !