
काठमाडौँ । मुम्बई इन्डियन्सले जारी आइपिएलमा आठौँ खेलमा पनि पराजित भएको छ ।
मुम्बईलाई लखनउ सुपर जायन्ट्सले ३६ रनले पराजित गरेको हो । लखनउले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बई पुरै ओभर खेल्दै १३२ रन मात्रै बनाउन सकेको हो ।
आइपिएलकै इतिहासमा लगातार ८ वटा खेलमा पराजय भोग्ने मुम्बईले नयाँ इतिहास भने बनाएको छ । आइपिएलको सबैभन्दा सफल टोलीका रुपमा रहेको मुम्बईको पराजय ऐतिहासिक हो ।