वीरगंज, १२ वैशाख । वीरगंज महानगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टी नेपालबाट राजेशमान सिंले मनोनयन दर्ता गराएका छन् ।
आदर्शनगर रंगशालाबाट जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव लगायत हजारौँको उपस्थितिमा बाजागाजासहित र्याली निकालिएको थियो ।
निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार अहिलेसम्म वीरगंज महानगरपालिकाको मेयरमा १८ जनाले उम्मेदवारी दर्ता गराएको जनाएका छन् ।