वीरगञ्जमा जसपा र कांग्रेसको संयुक्त घरदैलो

570 SHARE:



वीरगञ्ज, १६ वैशाख । आगामी वैशाख ३० गते हुने सथानीय तहको निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सुरु गरेका छन् ।

गठबन्धनले शुक्बार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का विभिन्न टोलमा मेयर, उपमेयर र वडा अध्यक्षका उम्मेदवारसहित चुनावी घरदैलो अभियान शुरु गरेको हो ।

अभियानमा जनता समाजवादी पार्टीको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, नेपाली कांग्रेसबाट उपमेयर पदका उम्मेदवार इम्तियाज आलम, सङ्घीय सांसद् प्रदीप यादवलगायत जसपा र कांग्रेसका कार्यकर्ताहरुले घरघरमा मतदाताहरु भेट्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।

निर्वाचन मिति नजिकिंदै गठबन्धनका साझा उम्मेदवारहरुले सुरु गरेको घरदैलोबाट वीरगञ्जको माहोल परिवर्तन भएको छ । विपक्षीहरुले गठबन्धनका साझा उम्मेदवारहरु एक ठाउँमा आउन नसक्ने भनिरहँदा आज भएको संयुक्त घरदैलोले उनीहरुको मुख बन्द भएको जसपाका नेता मुकेश द्विवेदीले बताए ।

'वडा १६ बाट हामी गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो सुरु गरेका छौँ, मतदातहरुको घर घरमा पुगेर मत माग्न शुरु गरिसकेका छौं । हामी नेता, कार्यकर्ता मात्र होइन, मतदाता जनता पनि धेरै उत्साहित छन्,' जसपाबाट मेयर पदका उम्मेदवार राजेशमान सिंहले भने ।

घरदैलो अभियानमा जसपा र कांग्रेसका नेता कार्यकर्ताहरुले मेयरमा छाता र उपमेयरमा रुख छापमा मात्र मतदान गर्न मतदाताहरुसँग आग्रह गरिरहेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धनका उम्मेदवार जिते मात्र वीरगञ्जमा समृद्धि आउन सक्ने बताउँदै भने, 'एमाले मधेश विरोधी पार्टी हो । मधेशको विकासमा एमालेबाट अपेक्षा गर्न मुर्खता हुन्छ । त्यसैले पनि सबैले मिलेर गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।'

सङ्घीय सांसद् प्रदीप यादवले गठबन्धनका उम्मेदवारहरुले संविधान विरोधी तत्वहरुलाई पराजित गर्ने विश्वास व्यक्त गरे । गठबन्धन जितेर आए मात्र देशमा ठोस नीति, कार्यक्रम, दिगो विकास र शान्ति कायम हुने बताए ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, पूर्व उपसभापति प्रकाश उपाध्याय, कांग्रेसका नेता श्याम पोखरेल, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, विष्णु पटेल, जसपा वडा एकाई कमिटिका अध्यक्ष अरुण यादव लगायत जसपा र कांग्रेसका बहुमत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

स्थानीयहरुले पनि गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउने आश्वासन दिएका थिए ।
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: वीरगञ्जमा जसपा र कांग्रेसको संयुक्त घरदैलो
वीरगञ्जमा जसपा र कांग्रेसको संयुक्त घरदैलो
https://blogger.googleusercontent.com/img/a/AVvXsEhjNm80t2rj5ygfqF-GUNcwRaBZMSGCy9RQeqfwrk7VEnISh32W1TfS_TwLQjNXq9Q2VIGdRwIUlmNqM6babyjDj9NP7BkJtL1uC7tWHJNhrZ89Rqm7T5uErhl89MwSF1HjgHO7SmEdK8miPGJS5z-EFkfS5fyRs4-E1AvReNdp3nw6mh-jkaaztvmyLg=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhjNm80t2rj5ygfqF-GUNcwRaBZMSGCy9RQeqfwrk7VEnISh32W1TfS_TwLQjNXq9Q2VIGdRwIUlmNqM6babyjDj9NP7BkJtL1uC7tWHJNhrZ89Rqm7T5uErhl89MwSF1HjgHO7SmEdK8miPGJS5z-EFkfS5fyRs4-E1AvReNdp3nw6mh-jkaaztvmyLg=s72-c
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/04/blog-post_74.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/04/blog-post_74.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy