रौतहट, १२ वैशाख । मधेस आन्दालनको शहिद पत्नि विनिता साह कलवारले वीरगन्ज महानगरपालिकाको वडा न.१६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् । विवेकशील साझा पार्टीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । जिल्ला समन्वय समिति कार्यालय परिसरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो पुगेर शहिद पत्नि विनिताले वडाध्यक्षमा मनोनयन दर्ता गराएकी हुन् ।
विनिताका पति सोहन साह कलवारको, २०७० सालमा वीरगन्जमा भएको मधेस आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । २०७४ सालको पालिका निर्वाचनमा जसपाबाट उनि महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । बैशाख ३० को निर्वाचनमा जसपाले टिकट नदिए पछि शहिद पत्नि विनिताले विवेकशील सझा पार्टीबाट वडाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । मधेसी दलले पैसामा टिकट बचेको र आफु गरिब भएकाले आफुलाइ टिकट नदिएका कारण विवेकशील साझा पार्टीबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएको शहिद पत्नि विनिताले बताइन् ।