उम्मेदवार टुङ्गो लगाउन दौडधुप

570 SHARE:

डोटी । स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा (एमाले)ले उम्मेदवारहरू धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेका छन् । एमाले आफूले जितेका जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा गरेका काम व्यवहार तथा जनताले रुचाएका कारण अधिकांश प्रतिनिधिलाई दोहो¥याउने भएको छ ।

हालसम्म जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरालाई दोहो¥याउने निर्णय गरेको छ भने सायल गाउँपालिकामा पनि अध्यक्ष तेजबहादुर डुम्रेल र विष्ना सिंहलाई नै दोहो¥याउने निर्णय गरेको छ ।

उता आदर्श गाउँपालिकामा डम्बरबहादुर वली गाउँमै मतदान गरेर अध्यक्षका लागि चयन हुनुभएको छ । यसै गरी बोगटान फुड्सिल गाउँपालिकामा हस्तबहादुर बुढा निर्वाचनमा भाग लिने लगभग निश्चित भएर प्रचारमा जुटिसक्नुभएको छ भने अन्य पालिकामा पनि सर्वसम्मतको प्रयास भइरहेको एमालेले जनाएको छ । सबैजसो पालिकामा आजदेखि छलफल हुने एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

उता सत्तारूढ गठबन्धनका दलहरूमा भने कुरा नमिल्दा अझै अन्योलता कायमै रहेको छ । गठबन्धनका लहरका बीचमा भागबन्डा नमिलेका कारण उम्मेदवार टुङ्ग्याई काम अलमलमा परेको बताइएको छ । अघिल्लो चरणमा छलफल हुँदा सहमति बन्न नसकेपछि छलफलमा आएको विषयलाई सबै पार्टीले आफ्ना प्रदेश समितिलाई पठाएका छन् । यद्यपि फेरि पनि छलफल गर्ने तयारी भइरहेको नेपाली काँग्रेसका पार्टी सभापति नरेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय सर्कुलरअनुसार सिटको भागबन्डा भएपछि मात्रै टिकट टुङ्ग्याउने गठबन्धन दलका शीर्ष नेताहरूले जनाएका छन् । एमाले अहिले पनि एक्लाएक्लै चुनाव हुँदा बोगटान फुड्सिल गाउँपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा भए पनि अन्य क्षेत्रमा कांग्रेस–एमाले बीचमै प्रतिस्पर्धा हुने देखिन्छ ।

यद्यपि अघिल्लो निर्वाचनमा झिनो मतले हारजित भएको क्षेत्रमा नेकपा एसले काट्ने मतले एमालेलाई क्षति पुग्ने अनुमान गरिएको तर एमालेले भने नेकपा (एस)ले धेरै मत नकाट्ने र काटेको मत सहजै भरपाई हुने दाबी गरिरहेको छ ।

प्रतिस्पर्धी एमालेको विखण्डित अवस्थाले कांग्रेसको स्थानीय नेतृत्व हौसिएको देखिन्छ । उसको विखण्डनले अघिल्लो पटक एमालेले झिनो मतले जितेका पूर्वी चौकी, दीपायल–सिलगढी र सायलमा सहजै जीत हासिल गर्नसक्ने देखिँदा जोरायल, आदर्श गाउँपालिकाजस्ता एमालेका सङ्गठन मजबुत रहेका क्षेत्रमा जीत हासिल गर्नसक्ने कांग्रेस नेताहरूमा आत्मविश्वास पलाएको देखिन्छ ।

अघिल्लो पटक एमालेको सङ्गठन तितर बितर भएर माओवादीले जितेको बोगटान फुड्सिल गाउँपालिकामा समेत सङ्गठन सुधार गरेकाले सहजै जित्ने कांग्रेस नेताहरूले अनुमान गरेका छन् ।

यता एक्लै धेरै स्थानीय तहमा निर्वाचन जित्ने विश्वास गरेका कांग्रेसको स्थानीय पार्टी पङ्क्तिका लागि सत्ता गठबन्धनमा तालमेल निकै अप्रिय बनेको छ । जिल्ला सभापति नरेन्द्रबहादुर सिंहसहित पदाधिकारी गठबन्धनलाई मिलाउने पक्षमा हुनुहुन्छ । सबैलाई मान्य तथा सहज हुने तरिकाले आफूले गठबन्धनलाई मिलाउने प्रयास गरिरहेको सभापति सिंहले बताउनुभयो ।

कांग्रेसको जिल्लाको शीर्ष नेतृत्व मानिएका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर गठबन्धन मिलाउन प्रयासरत हुनुहुन्छ । पूर्व मन्त्रीसमेत रहनुभएका कांग्रेस क्षेत्रीय सभापति बलायरले आफू गठबन्धन मिलाउनका लागि प्रयासरत रहेको र केही दिनभित्रमा सबै कुराको टुङ्गो लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा विवाद हुँदैन, अहिले केही ठाउँमा समस्या देखिए पनि केही दिनमा सबै समस्या समाधान हुनेछ ।”

उता माओवादी केन्द्रका नेता तथा डोटीका जिल्ला इन्चार्ज शिवसिंह ओलीले जिल्लामा गठबन्धनको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन अहिले प्रमुख आवश्यकता हो, सबैले एकजुट भएर गठबन्धन बनाएर जानु उपयुक्त हुन्छ ।”

यसै गरी नेकपा (समाजवादी)का नेता तथा जिल्ला अध्यक्ष दीर्घराज बोगटी पनि डोटीमा गठबन्धन एक भएर निर्वाचनमा जानुपर्ने बताउँदै आउनु भएको छ । जिल्लामा गठबन्धन आवश्यक रहेको र गठबन्धन अहिले मात्रै नभएर सङ्घीय निर्वाचनसम्म कायम हुनुपर्ने अध्यक्ष बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहका लागि मात्रै गठबन्धन हुँदैन, सङ्घीय निर्वाचनसम्म हाम्रो गठबन्धन कायम रहनुपर्छ ।” दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ वटा स्थानीय तह रहेको डोटीमा दिपायल सिलगढी नगरपालिका, आदर्श, सायल, जोरायल र पूर्वी चौकी गाउँपालिका गरी पाँच स्थानीय तहमा तत्कालीन एमाले विजयी भएको भने शिखर नगरपालिका, केआइसिंह र बडिकेदार गाउँपालिका गरी तीन स्थानीय तहमा कांग्रेस विजयी भएको थियो ।

माओवादी केन्द्रले भने बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएको थियो । चुनावी नाराभन्दा पनि माग पूरा गर्ने तथा नागरिकका समस्या समाधान गर्ने नेताहरू अहिले आवश्यक रहेको मतदाताको माग रहेको छ । जिल्लामा सडक सुविधा पुगे पनि रोजगारी नपाएका कारण अहिले पनि हजारौँ युवा रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता रहेकाले गाउँमै रोजगारी दिनेलाई अबको भोट दिने योजना रहेको जोरायल गाउँपालिका स्थानीयवासी चित्रराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँ गाउँमा सडक सुविधा त पुगे तर रोजगारी पुगेन जसले गर्दा युवा शक्ति विदेश पलायन हुँदै छन्, युवालाई गाउँमै रोजगारी दिन सक्नेलाई भोट दिनु आवश्यक छ ।” जिल्लामा रोजगारीका लागि विभिन्न काम गर्न सकिने भएका र यहाँ थुप्रै पर्यटकीय क्षेत्र भएकाले पनि ती क्षेत्रको स्तरोन्नतिसहित विकास गर्न सके गाउँमै रोजगारी सृजना हुन सक्ने केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी सुरेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रसिद्ध धार्मिक स्थल बडिकेदारदेखि सुदूरपश्चिमकै प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तड डोटीमा छ, ती क्षेत्रको स्तरोन्नतिसहित विकास गरे कामका लागि परदेश जानुपर्ने अवस्थाको अन्त हुन्छ ।” विभिन्न जडीबुटी खेती, पशुपालनमा अनुदान तथा कृषि खेतीमा लगानी गरे यहाँको बेरोजगारीमा निकै कमी हुने स्थानीयवासीको बुझाइ छ ।


neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: उम्मेदवार टुङ्गो लगाउन दौडधुप
उम्मेदवार टुङ्गो लगाउन दौडधुप
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/04/chunab.jpg
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/04/blog-post_55.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/04/blog-post_55.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy