दुलेगौडा–कोत्रे सडक : घाम लाग्दा धुलो, पानी पर्दा हिलो

570 SHARE:

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी –२ हलेदीमा सडक मरमत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।
घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि आग्रह गरे पनि चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी तीर्थराज खनालले बताउनुभयो । स्थानीयवासीले शुक्रबार कोत्रेमा १५ मिनेट र शनिबार हलेदीमा ३० मिनेट राजमार्ग अवरुद्ध गरेका छन् ।

“हामीले राज्यलाई तिर्नुपर्ने सब कर तिरेका छौँ, तर पनि हाम्रो माग पूरा हुँदैन, सधैँ धुलो खाएर बस्नुपरेको छ”, उहाँले भन्नुभयो ।
सडक डिभिजन कार्यालयमा विभिन्न मितिमा डेलिगेशन गएर सडक मर्मतको माग गरिए पनि सुनुवाइ नभएको स्थानीय युवा शङ्कर पन्तले जानकारी दिनुभयो । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि ठेक्का लागिसकेकाले सडक डिभिजनले केही गर्न नसक्ने बताएको पन्तले बताउनुभयो । “सम्बन्धित निकायमा गयो, माग सुनुवाइ हुँदैन, आन्दोलन गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

सडकखण्ड धुलाम्य हुँदा यस ठाउँका स्थानीयवासीका अलवा राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन् । यस ठाउँको विभिन्न खण्डमा सडक भत्किँदा दुई पाङ्ग्र्रे सवारी दुर्घटनामा पर्ने गरेका छन् ।

युवा मृतावस्थामा फेला

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा एक युवा मृतावस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा ३० वर्षीय विशाल ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

शुक्रबारदेखि हराइरहेका उनको शव बेलचौतारास्थित कब्रस्थान नजिकैको खोल्सीमा फेला परेको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: दुलेगौडा–कोत्रे सडक : घाम लाग्दा धुलो, पानी पर्दा हिलो
दुलेगौडा–कोत्रे सडक : घाम लाग्दा धुलो, पानी पर्दा हिलो
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/04/blog-post_49.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/04/blog-post_49.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy