वीरगञ्ज, १० वैशाख । वीरगंजका पूर्व मेयर विजयकुमार सरावगीले मतदातालाई लोभ्याउन छोटो हर्कत शुरू गरेका छन् ।
पाँच वर्षको आफ्नो कार्यकालमा विकास निर्माणको कुनैपनि काम गर्न नसकी पूर्ण रूपले असफल भएका सरावगीले अब मतदातालाई रिझाउन बालबालिका र एसिड पीडितको सहयोग लिन थालेका छन् ।
वीरगञ्जका बासिन्दाले तिरेको करबाट उठेको पैसा बाँडेर प्रचारबाजी गरिरहने सरावगीले एसिड पीडित मुस्कान खातुनलाई उपचार गराउन । महानगरको कोषबाट दिएको पैसाको भिडियो बनाउनु लगाएर प्रचारबाजी गरेका हुन् ।