
जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा ३८ हजार भन्दा बढीको उम्मेदवारी परेको छ ।
मधेस प्रदेशमा १ सय ३६ वटा स्थानीय तह रहेकोमा ३८ हजार ७ सय ८७ जनाले उम्मेदवारी दर्ता गराउनु भएको मधेस प्रदेशको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मधेस प्रदेशका पालिकाहरूको मेयरमा १ हजार ४ सय, उपमेयरमा ६ सय ६२, गाउँपालिका अध्यक्षमा ८ सय ९४, उपाध्यक्षमा ४ सय ७८, वडाध्यक्ष पदमा ९ हजार १ सय ८५, महिला सदस्यमा ६ हजार ५ सय २१, दलित महिला सदस्यमा ६ हजार २ सय २५ र अन्य सदस्यमा १३ हजार ४ सय २२ जनाको मनोनयन दर्ता गर्नु भएको कार्यालयले जानकारी दिएको छ ।
सप्तरी जिल्लामा मेयरका लागि ९४, उपमेयरमा ६९, अध्यक्षमा एक सय १०, उपाध्यक्षमा ८०, वडाध्यक्षमा एक हजार २ सय १६, महिला सदस्यमा एक हजार ३, दलित महिला सदस्य ९ सय ५६ र अन्य सदस्यहरूमा एक हजार ९ सय ५६ जनाले उम्मेदवारी दिनु भएको छ ।
यस्तै सिरहा जिल्लामा मेयरमा एक सय ५७, उपमेयर ७३, अध्यक्षमा एक सय ४१, गाउँपालिकाको उपाध्यक्षमा ६१, वडाध्यक्षमा एक हजार ८३, महिला सदस्यमा ८ सय ९५, दलित महिला सदस्य ९ सय ५६ सदस्यमा एक हजार ९ सय ५६ जनाले उम्मेदवारी दिनु भएको छ ।
धनुषा जिल्लामा मेयरका लागि २ सय ५४, उपमेयर पदमा एक सय ५, गाउँपालिका अध्यक्षमा १ सय १०, उपाध्यक्षमा ४३, वडाध्यक्षमा १ हजार ४ सय ११, महिला सदस्यमा ९ सय ७३, दलित महिला सदस्यमा ८ सय ९५ र अन्य सदस्यमा १ हजार ९ सय ८८ जनाले उम्मेदवारी दिनु भएको छ ।
महोत्तरी जिल्लामा मेयरका लागि एक सय ८०, उपमेयरमा ९४, गाउँपालिकाको अध्यक्षमा ९०, उपाध्यक्षमा ४७, वडाध्यक्षमा एक हजार १३, महिला सदस्यमा ६ सय ३७, दलित महिला सदस्यमा ६ सय ३६ र अन्य सदस्यहरूमा एक हजार ३ सय ७७ जनाले उम्मेदवारी दिनु भएको छ ।
सर्लाही जिल्लमा मेयरमा एक सय ६७, उपमेयरमा ९३, अध्यक्षमा एक सय ६१, उपाध्यक्षमा ७९, वडाध्यक्षमा एक हजार ४ सय ९३, महिला सदस्यमा एक हजार ४१, दलित महिला सदस्य ९ सय ९५ अन्य सदस्यहरूमा २ हजार ९५ जनाले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
त्यसै गरी रौतहटमा मेयरमा ३ सय ७८, उपमेयरमा १ सय ४४, अध्यक्षमा ३५, उपाध्यक्षमा २४, वडाध्यक्षमा एक हजार २ सय ७३, महिला सदस्यमा ८ सय ५४, दलित महिला सदस्य ८ सय २७ र अन्य सदस्यहरूमा एक हजार ७ सय २२ जनाले उम्मेदवारी दिनु भएको छ ।
यसैगरी पर्सामा मेयरमा ७६, उपमेयरमा ३१, गाउँपालिकाको अध्यक्षमा १ सय ४५, उपाध्यक्ष पदमा ७८, वडाध्यक्षमा ७ सय ४१, महिला सदस्यमा ४ सय ४०, दलित महिला सदस्य ४ सय १ र अन्य वडा सदस्यहरूमा एक हजार ६७ जनाले उम्मेदवारी दिनु भएको छ ।
यसै बीच निर्वाचन आयोगले मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँचबुझ गरेर आवश्यक निर्णय गरी उम्मेदवारहरूको अन्तिम नामावली आजै प्रकाशन गर्न लागको छ ।