महानगरका हरेक शाखालाई कमिसनको आखाडा : राजेशमान सिंह

570 SHARE:

वीरगञ्ज, १० वैशाख । जनता समाजवादी पार्टी नेपालबाट वीरगञ्ज महानगरपालिकाको लागि मेयर पदका उम्मेदवार राजेशमान सिंहले विकास विरोधीहरुलाई जनताले चिन्न आवश्यक रहेको बताएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को इनर्वा गाउँमा आयोजित रात्रीसभालाई सम्बोधन गर्दै नेता सिंहले पाँच वर्षसम्म महानगरको मेयर बनेरपनि विकास नगर्ने विकास विरोधीहरुलाई जनताले चिन्न आवश्यक रहेको बताएका हुन्  ।

सिंहले वीरगञ्जको विकासका लागि महानगरसँग पर्याप्त स्रोत, साधन र अर्थ हुँदाहुँदै पनि निर्वाचित मेयरले आफ्नो व्यक्तिगत स्वार्थ र कमिसनको चक्करमा एउटा ठूलो अवसर गुमाएको बताए । भ्रष्टचारी मार्फत पैसा कमाउने चक्करमा मेयरले आएको विकास बजेट पनि फ्रिज गरेर पठाएको र महानगरका हरेक शाखालाई कमिसनको आखाडा बनाएको सिंहको भनाई थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै सङ्घीय सांसद् प्रदीप यादवले अघिल्लो पटक विजय सरावगी जस्ता व्यक्तिलाई आफूहरुले मेयरमा निर्वाचित गराएर ठूलो भूलो गरेको बताए । यादवले आफूहरुबाट भएको भूलोलाई सच्याउन जसपाले यस पटक विकास प्रेमी र जनताले मन पराउने राजेशमान सिंहलाई मेयरको उम्मेदवारका रुपमा अगाडि सारेको बताए ।

वडा नम्बर १६ का वडा अध्यक्ष उम्मेदवार परसुराम चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा जसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपस्थित सहभागीहरुले अब छाता छापमा मात्र मतदान गरेर जसपाका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
neelambads
Name

article,7,bizarre,7,business,12,entertainment,7,international,11,main news,25,news,668,photo,7,politics,7,sports,7,
ltr
item
Hitler daily - हिटलर दैनिक: महानगरका हरेक शाखालाई कमिसनको आखाडा : राजेशमान सिंह
महानगरका हरेक शाखालाई कमिसनको आखाडा : राजेशमान सिंह
https://blogger.googleusercontent.com/img/a/AVvXsEgVDd9q26lPDmgZ9u2GxHbOh9OPejRyzGZazIxG2ZX3w7rn15q2woOe0ptlB9PPe_o1JVCzZCb45Vw353fxy8XfYFCAHVSujd-tccYGlFd5GNDk8ahCOP4P05IVGPUSl6vwPlN4Wi43Lv_zUNCb0X_7hyf0tuupCxH3XMHAK1FqaVxElizMe19RyixXhQ=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEgVDd9q26lPDmgZ9u2GxHbOh9OPejRyzGZazIxG2ZX3w7rn15q2woOe0ptlB9PPe_o1JVCzZCb45Vw353fxy8XfYFCAHVSujd-tccYGlFd5GNDk8ahCOP4P05IVGPUSl6vwPlN4Wi43Lv_zUNCb0X_7hyf0tuupCxH3XMHAK1FqaVxElizMe19RyixXhQ=s72-c
Hitler daily - हिटलर दैनिक
https://www.hitler.com.np/2022/04/blog-post_24.html
https://www.hitler.com.np/
https://www.hitler.com.np/
https://www.hitler.com.np/2022/04/blog-post_24.html
true
9097178566744071173
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy