वीरगंज, १२ वैशाख ।
नेपाली कांग्रेसका नेता वीरगंज महानगरपालिका वडा नं. १ निवासी मनोज राउत आज जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
आज एक कार्यक्रमका बीच जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, राजेशमान सिंहलगायतले नेता राउतलाई स्वागत गरेका थिए । राउत वडा नं. १ बाट वडाध्यक्षका उम्मेदवार हुन् ।
यसैगरी एमाले परित्याग गरी प्रभावशाली नेता सुदीप लामा जसपा नेपालमा प्रवेश गरेका छन् ।
यसैगरी वीरिगंज महानगरपालिका वडा नं. ३ का नेता एवं निवर्तमान वडा सदस्य तुफैल अख्तर एमाले परित्याग गरी जसपा नेपाल पर्सामा प्रवेश गरेका छन् ।
उनीहरुलाई सांसद प्रदीप यादव, राजेशमान सिंहलगायतले पार्टीमा स्वागत गरेका थिए ।